gulminews logo
शनिबार, २०८१ बैशाख २९

गाउँमा प्लस टु चलाऊन देउसी भैलो, उठ्यो ९ लाख रुपैँया

छबिलाल पाण्डे
बाग्लुङ, कार्तिक ५ । कक्षा १२ सञ्चालनको उद्धेश्य सहित बाग्लुङ्गको एक बिद्यालयमा देउसी भैलो खेलिएको छ । बाग्लुङ्गको निसीखोला गाँउपालिका ५ मा रहेको ज्ञानेन्द्र माबिले प्लस टु सञ्चालनार्थ देउसी भैलो खेलेको हो । बिद्यालय सेवा क्षेत्रमा खेलिएको देउसि कार्यक्रमबाट चारदिनमा ९ लाख रुपैया सँकलन गरीएको शिक्षक धनेन्द्र घर्तिमगरले जानकारी दिए ।

बिद्यालयमा चरम आर्थिक अभाव रहेको भन्दै शिक्षक, बिद्यार्थी, ब्यबस्थापन समितीका पदाधिकारी लगायतको उपस्थितीमा भैलो खेलिएको हो ।

सँकलीत रकममा थप चन्दा सँकलन अभियान सुरु गरेर आउँदो शैक्षिक शत्रदेखि कक्षा ११ /१२ सञ्चालन गरीने, अँग्रेजि माध्यममा पठनपाठन सुरु गर्ने र कम्प्युटर कक्षालाई प्रभाबकारी रुपमा अगाडि बढाउने लक्ष्य रहेको बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष प्रेमबहादुर घर्तिमगरले बताए ।

भौगोलीक दृष्टिकोणले बिकटमा रहेको उत बिद्यालयमा हालसम्म कक्षा १० सम्ममात्रै अध्यन अध्यापन हुँदै आएको छ ।

यो भैलो कार्यक्रमले बिद्यालयको आर्थिक पक्षलाइ अझै सबल बनाउन सकिने बिद्यालयको बिश्वास रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D