gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

गाउँमा अचम्मको चोरी: वडा कार्यालयकै ताला फोरियो, एकै रात डेढ घण्टा दुरीसम्मका झन्डै १० घरमा चोरी

कमल पौडेल
बडिगाड, १० साउन । बडिगाड गाउँपालिका वडा नं. १ को वडा कार्यालय, खड्क देवि मावि तुन्डाडा, लगाएत स्थानियको पसल समेत तोडफोड गरि लुटिएको छ । बुधवार राति सोहि वडा भित्रका फरक फरक स्थानमा झण्डै ८ तोला सुन सहित डेढलाख नगद चोरी भएको हो ।

ओवाङकी उषा थापाको साढे ७ तोला सुन र ८० हजार नगद, दगातुन्डाडा कृषि समुहको ३६ हजार ५ सय ६० नगद सहित नेपाल बैंक लिमिटेडको चेक, तुन्डाडाका होम बहादुर थापाको सुनका क्लिप, छविलाल भुजेलको १५ हजार नगद, ढाल वहादुर थापाको ५ हजार नगद, देविराम श्रीसको ५ हजार नगद, नेपानेका गंगा वहादुर भुजेलको २२ सय नगद र वच्चाको गहना लुटिएको हो। त्यस्तै नेपानेकै टंक भुजेलको घर र तुन्डाडामा यान वहादुर श्रेष्ठको औषधि पसलको ताला फोडिएको छ।

तोडफोड भएका कुनै पनि घर र पसलमा मानिसहरु थिएनन्। तर एकै रातमा डेढ घण्टाको पैदल दुरीमा रहेका फरक फरक टोलमा भएको लुटपाटले स्थानियलाई झस्काएको छ। यो घटनालाई वडा नं. १ का अध्यक्ष वोम वहादुर थापाले राज्यमाथिकै हमला भएको टिप्पणी गर्नुभएको छ। वडा अध्यक्ष सहितको टोली वाहिर भएको समयमा सो घटना भएकोले शुक्रवार मात्रै सार्वजनिक भएको हो। शुक्रवार विहान खर्वाङ प्रहरी चौकी बाट प्रहरी सहायक निरिक्षक मन वहादुर कार्किको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D