gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गणित र बिज्ञान बिषयमा नतिजा सुधार गर्न गुल्मीमा अभिमुखिकरण सम्पन्न

महेश बोहरा
गुल्मी, माघ ४ । सामुदायिक बिद्यालयहरुमा गणित र बिज्ञान बिषयमा नतिजा सुधार कार्यक्रम अन्र्तगत गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक बिद्यालयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पा कार्यालय प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा शिक्षक महासंघ गुल्मी अध्यक्ष हिरासिंह सराङकोटी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, रुरु एफ.एफ गुल्मी एफ.एम. र बी टि.भी.का महेश बोहरा सहजकर्ता केशबराज पराजुली, बिकाशचन्द्र खरेल, माधव प्रसाद पौडेल, कृष्ण प्रसाद पन्थी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहजकर्ता बिकासचन्द्र खरेलले स्वागत मन्त्ब्य राख्नुभएको थियो । कार्यक्रमको संचालन केशबराज पराजुलीले गर्नुभएको थियो । यो कार्यक्रम प्रदेश नम्बर ५ का सबै जिल्लामा सुरु भएको छ ।

कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय तानसेन पाल्पा कार्यालय प्रमुख लक्ष्मण प्रसाद ज्ञवालीले यो कार्यक्रममा सबै छोटो समय भए पनि जिम्मेबार भएर लाग्नु पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले सम्पूर्ण शिक्षकहरुले आफुलाई दोष नआउने तरिकाले लाग्नपर्नेमा जोड दिनुभयो । शिक्षक महाँसघ गुल्मी अध्यक्ष हिरासिंह सराङकोटीले शिक्षकले मात्र प्रयास गरी नहुने भन्दै यसको लागी शिक्षक, बिद्यार्थी र अभिभावक पनि जिम्मेबार हुनुपर्ने बताउनुभएको थियो । जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले यो कार्यक्रम प्रदेश ५ मै पहिलो भएकोले यसको सफलताको लागी सबै पक्ष मिलेर अगाडी बढनु पर्ने बताउनुभयो ।

गणित र विज्ञान विषयको नतिजामा सुधार ल्याउन शिक्षण सुधारमा बहस चलाउन आवश्यक रहेको कार्यक्रमको अवसरमा औलाईएको थियो । सम्बन्धित सरोकारवालाहरुलाई दायित्व वोध गराउनु पर्ने बेला भैसकेको र अक्षराङ्कन विधिका फाइदा मात्र नभई बेफाइदाहरु पनि रहेकाले यसलाई पनि केलाउनु पर्ने बताईएको थियो । यो कार्यक्रम अन्र्तगत दिनको डेढ घण्टा प्रति विषय ५२ दिन कक्षा संचालन हुने छ । गुल्मी जिल्लाको १२ वटा स्थानिय तहका बिभिन्न बिद्यालयहरुमा यो कार्यक्रम सुरु भएको छ । रेसुङ्गा नगरपालिकाभर ४ विद्यालयहरुमा बिज्ञान र ५ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । मुसिकोट नगरपालिकाभर ८ विद्यालयहरुमा बिज्ञान र ११ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । छत्रकोट गाउँपालिकाभर ५ विद्यालयहरुमा बिज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । धुर्कोट गाउँपालिकाभर ६ विद्यालयहरुमा बिज्ञान र १० विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।

गुल्मीदरबार गाउँपालिकाभर ६ विद्यालयहरुमा बिज्ञान र ८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । इस्मा गाउँपालिकाभर ३ विद्यालयहरुमा बिज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । कालीगण्डकी गाउँपालिकाभर ४ विद्यालयहरुमा बिज्ञान र ६ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । मदाने गाउँपालिकाभर ३ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । यस्तै जिल्लाको मालिका गाउँपालिकाभर ६ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । रूरू गाउँपालिकाभर ४ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । सत्यवती गाउँपालिकाभर ५ विद्यालयहरुमा बिज्ञान र ७ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । चन्द्रकोट गाउँपालिकाभर २ विद्यालयहरुमा बिज्ञान र ४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् ।

अभियान बारे प्रबोधिकरण कार्यक्रम (पुस १८ बुटवल र पुस २० गते दाङ)मा सम्पन् भैसकेको छ । प्रशिक्षक प्रशिक्षण कार्यक्रम पुस २४ गते भैरहवामा सम्पन्न भएको छ भने जिल्ला प्रशिक्षण पुस २८ पाल्पा जिल्लामा सम्पन्न भएको छ । यस्तै जिल्ला प्रशिक्षण माघ ३, ४ र ५ गते गुल्मी जिल्लामा कार्यक्रम सञ्चालन भैरहेको छ । माघ ३ गते गुल्मी जिल्लाको मालिका गाउँपालिकाको सिमलटारीमा कार्यक्रम सम्पन्न भएको छ भने माघ ४ गते तम्घास ५ गते चन्द्रकोट गाउँपालिकाको मजुवामा कार्यक्रम हुने छ । समग्र ५ नम्बर प्रदेशभर ७४२ विद्यालयहरुमा बिज्ञान र ८८८ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । गुल्मी जिल्लाभर भने ५६ विद्यालयहरुमा बिज्ञान र ८४ विद्यालयहरुमा गणित विषयमा थप कक्षाहरु संचालन हुदैछन् । प्रति बिषयमा २० देखि ४९ सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु २० हजार रुपैया, ५० देखि ९९ सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु २८ हजार रुपैया, १०० देखि १९९ सम्म विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु ३८ हजार रुपैया र २०० देखि माथि विद्यार्थी भएका विद्यालयमा प्रति विषय रु ५४ हजार रुपैयाका दरले रकम सरकारबाट सहयोग हुने छ । यस कार्यक्रममा २० भन्दा बढी कक्षा १० मा विद्यार्थी सङ्ख्या भएका २०७६ सालको इमिस डाटा अपडेट गरेका र एस ई ई परीक्षा २०७५ मा नतीजा कमजोर भएका बिद्यालयहरु छानिएका छन ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D