gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

खुल्न थाले गुल्मीका विद्यालयहरु

हुमाकान्त पोखरेल
गुल्मी, २१ भदौ । गुल्मीका विद्यालयहरु खुल्न थालेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका, रेसुङ्गा नगरपालिका लगायतका पालिकाका विद्यालयले भौतिक रुपमै पठन–पाठन सुरु गरेका हुन् । धुर्कोट गाउँपालिकाका सातमध्ये जैसिथोक, रजस्थल, वस्तु र वाग्ला गरी चारवटा वडाका विद्यालयले भौतिक रुपमै पठन–पाठन संचालन गरेका छन् ।

रेसुङ्गा नगरपालिकाको रिडर्स पब्लिक हाइ स्कूलले पनि भौतिक रुपमै पठन–पाठन गरेको छ । धुर्कोटको पाञ्चायन मावि, हिमालय मावि, धुर मावि, वाग्ला मावि लगायका विद्यालयले भदौ १ गतेबाट भौतिक रुपमा पठन–पाठन संचालन गरेको शिक्षक महासंघ, धुर्कोटका अध्यक्ष ऋषिराम पाण्डेले जानकारी दिए । विद्यालय अनुसार कक्षा संचालनको तरिका फरक बनाइएको छ । हिमालय माविमा जोर–बिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई अध्यापन गराइएको छ भने पाञ्चायन माविमा पूर्व र पश्चिम भेगका विद्यार्थीलाई पालैपाले विद्यालयमा अध्यापन गराइएको अध्यक्ष पाण्डेले बताए ।

कक्षा ५, ८ र १० का विद्यार्थी नियमित विद्यालय आउने र अन्य कक्षाका विद्यार्थीहरु पालैपाले विद्यालय आउने पाण्डेले जानकारी दिए । पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर तथा कक्षामा बढी सङ्ख्या भएका विद्यार्थीहरुलाई समुहमा विभाजन गरी अध्यापन गराइएको छ । धुर्कोटमा गत वैशाख २० गतेबाट पूर्णरुपमा बन्द भएका विद्यालय पाँच महिनापछि खुलेका हुन् । धुर्कोटले गत शैक्षिक सत्रको सबै कक्षाको बार्षिक परीक्षा पनि सम्पन्न गरेको थियो ।

रेसुङ्गा नगरपालिकाको रिडर्स पब्लिक हाइ स्कूलले भौतिक रुपमै पठन–पाठन संचालन गरेको छ । अनलाईन क्लास संचालन गर्दै आएको विद्यालयले भदौ १५ बाट विद्यार्थीहरुलाई विद्यालयमै उपस्थित गराएर पठन–पाठन सुरु गरेको हो । कक्षा ६, ८ र १० का विद्यार्थीहरुलाई बिहान ६ः३० देखि, कक्षा नर्सरीदेखि २ सम्मका र ७ कक्षाका विद्यार्थीहरुलाई दउँसो १ः३० देखि र कक्षा ३, ४, ५ र ९ का विद्यार्थीहरुलाई दिउँसो २ बजेदेखि अध्यापन गराइएको एक शिक्षकले जानकारी दिए ।

एकपटकमा कक्षामा बढीमा २० जनासम्म विद्यार्थीहरुलाई अध्यापन गराइएको उनले बताए । रेसुङ्गाकै सिद्धबाबा माध्यमिक विद्यालयले पनि अनौपचारिक रुपले कक्षा संचालन गरेको छ । सिमित कक्षाका सिमित विद्यार्थीहरुलाई पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर पालैपालो विद्यालयमा अध्यापन गराइएको प्रध्यानाध्याप डोर बिक्रम श्रीसले जानकारी दिए । साथै आगामी आइतबारदेखि व्यवस्थित र औपचारिक रुपमा कक्षा संचालन गर्ने योजना रहेको श्रीसले बताए ।

हिमालय माध्यमिक विद्यलय, धुर्कोट गाउँपालिका– ५ वस्तुका अभिभावक लोकहरी भण्डारीले विद्यालय खुल्दा आफुहरु खुसि भएको बताए । ‘लामो समयसम्म विद्यालय जान नपाउँदा विद्यार्थीले दैनिक क्रियाकलाप बिर्सेका थिए ।’ उनले भने, ‘विद्यालय खुलेसँगै त्यो समस्या कम भएको छ ।’ सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका उनले सबै विद्यार्थीहरुलाई अनिवार्य रुपमा माक्स लगाउन आग्रह गरिएको र कसैले नलगाएमा विद्यायले दिने व्यवस्था मिलाइएको बताए । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले विद्यालय संचालनमा आएसँगै विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D