gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

खुकुरी नचाउँदै छिमेकिको ब्यवसायिक केरावाली नष्ट गर्नेलाई कार्वाही भएन, के स्थानिय प्रशासन निरिह बनेकै हो?

प्रेम सुनार
बुटवल, मंसिर २२ । गुल्मीको सत्यवती गाउँपालिकामा एक जना ब्यक्तिको दादागिरीका सामु स्थानिय सरकार र त्यहाँको प्रहरी निरही बनेको छ । कार्तिक २९ गतेका दिन सत्यवती गाउँपलिका वडा नम्वर १ , रुद्रवेणीका राजकुमार श्रेष्ठको केरावारीमा खुकुरीले डेढ लाख मुल्य बरावरको पाक्नै लागेका ३२ वटा केरा फाँडेर नष्ट गर्ने स्थानिय बिष्णु श्रेष्ठका सामु सत्यवती गाउँपालिकाको सरकार र ईलाका प्रहरी कार्यालय जोहाङ्ग खैरेनी निरही जस्तै बनेको हो ।

लामो समय देखि ब्यवसायीक केरा खेती गर्दै आई रहेका श्रेष्ठलाई त्यस दिन सुरुमा लछार पछार गरेको र पछि खुकुरी नचाउँदै उनको केरावारीमा पुगेर छिमेकी वडा सदस्यहरुकै सामु छपाछप केरा ढाल्दा पनि सत्यवती गाउँपालिकाका जनप्रतिनिधीहरु केरा ढाल्ने श्रेष्ठ विरुद्ध कार्वाही गर्ने चासो देखाउन सकेको छैन ।

केरा ढाल्ने श्रेष्ठले आफ्नो घरमा उनले लगाएको केराले ओसेप परेको, सर्पले मानविय क्षति हुने डरले पटक पटक केरा ढाल्नुस भन्दा पनि नमानेकोले आफुले ढाल्न बाध्य भएको प्रतिकृया दिएका छन । तपाईको घरलाई असर परेको भए त्यहाँको वडा, गाउँपालिका सरकार वा प्रहरीमा उजुरी दिनु पर्दथ्यो त्यसरी दादागिरी देखाएर कानुनी राज्यको उपहास गर्न पाईन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यो भने मैले गल्ती गरेछु, पहिला निवेदन दिनु पर्ने रहेछ, क्षतिपुर्ति मागेका छन् गल्ती स्वीकार गर्छुृ तर क्षतिपुर्ति भने दिन्न ।’

पिडित राजकुमार श्रेष्ठ र उनका छोरा विजेन्द्र श्रेष्ठले विष्णु श्रेष्ठको दादागिरीका सामु आफुहरु मात्र नभई छिमेकीहरु समेत आतंकित बनेको गुनासो गर्छन । विजेन्द्र श्रेष्ठ भन्छन–‘वडा कार्यालयमा गयौं, जोहाङ्ग खैरेनीको प्रहरी चौकीमा गयौं तर न्याय पाउन सकेनौं, कानुनी राज्य नै नभएको महशुस गरेका छौं ।’

उनले स्थानिय सरकार श्रेष्ठका सामु निरही बनेको दुखेसो गरे । त्यस वडाका वडाध्यक्ष भिमलाल पाण्डेले केरा फाँड्ने श्रेष्ठले कानुनी राज्यको उपहास गर्दै अर्काको केरा फाँड्नु र क्षतिपुर्ति दिन नमान्नुले वडा कार्यालयबाट गाउँपालिकाको न्यायिक समितिमा उक्त उजुरी पठाईएको बताए ।

उनले भने–‘हामीले क्षतिपुर्ति दिनु पर्छ भनेर भनेकै हो तर केरा फाँड्ने श्रेष्ठले मान्दै मान्दैनन, अहिलेको कानुनले जेल हाल्न पनि नमिल्ने , त्यसैले न्यायिक समितिमा पठाएका हौं ।’ यस सम्वन्धमा त्यस गाउँपालिका उपप्रमुख तथा न्यायिक समितिकी संयोजक सुवर्ण शाहीको ध्यानकृष्ट गराउँदा एक चोटी छलफल गराएको तर केरा फाँड्ने श्रेष्ठले क्षतिपुर्ति दिन नमाने पछि अर्को पटकका लागि छलफल सारिएको बताईन ।

‘म लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका लागि दाङ्ग गएकोले भ्याईन अब छिट्टै दुबै पक्षलाई बोलाएर छलफल गराउने छुृ, फेरी पनि श्रेष्ठले क्षतिपुर्ति दिन नमाने माथील्लो निकाय पठाउने छु, त्यसो गर्न चाँही पाईदैन’–संयोजक शाहीले भनिन । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकाल छिमेकी भएको र उनको आड पाएर श्रेष्ठले क्षतिपुर्ति तिर्न नमानेको पिडित श्रेष्ठ परिवारको आरोप छ । प्रमुख ढकालले भने वडा कार्यालय मार्फत मिलाउन लगाएको बताउँदै आएका छन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D