गुल्मी, माघ २८ । खुकुरी देखाएर आफ्नै नातिनीलाई बलात्कार गरेको अभियोगमा गुल्मीका एक ७० वर्षीय वृद्ध पक्राउ परेका छन् ।
जिल्लाको मालिका गाँउपालिकाका ७० वर्षे वृद्धले आफ्नै १३ वर्षीया नातिनाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
बालिकाका बुबा कान्छी श्रीमती ल्याएर अन्तै बस्ने गरेको अवस्थामा सो घटना घटेको थियो । घटना घटेसंगै बालिकाले आफुमाथि हजुरबुबाले गरेको कर्तुत बाबुलाई भनेकी थिइन् । जसपश्चास केस प्रहरी सम्म आएको थियो जिल्ला प्रहरी कार्यालय गुल्मीले भन्यो ।
ति बृद्धलाई लुकेर बसेको अबस्थामा भारतको आसामबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।