gulminews logo
मंगलवार, २०८० चैत्र ६

खाली कक्षाकोठामा भरिभराउ शिक्षक


छत्रकोट, २३ जेठ । विद्यालयको पक्की भवन । फराकिला कक्षाकोठा । दरबन्दीअनुसार पूरै शिक्षक । पाँच मिनेटको दूरीमा अर्को विद्यालय । भौतिक संरचना र शिक्षक दरबन्दीले भरिपूर्ण छत्रकोट गाउँपालिका–५ अज्र्याङवास गुल्मीको सरस्वती प्राथमिक विद्यालयमा विद्यार्थी संख्या भने निकै कम छ । कक्षा ५ सम्म जम्मा ४७ जना विद्यार्थी छन् ।

शिक्षक दरबन्दीको अनुपातअनुसार कम्तीमा दुई सय विद्यार्थी हुनुपर्ने शिक्षा नियमावलीमै उल्लेख छ । तर, यस विद्यालयमा चालु शैक्षिक सत्रमा ४७ जना विद्यार्थी मात्र भर्ना भएका छन् । विद्यार्थी संख्या यस वर्ष मात्र कमी भएको भने होइन, सुरुदेखि यस्तै समस्या विद्यालयले भोग्दै आएको हो । कक्षा १ मा १८ जना, दुईमा १०, तीनमा आठ, चारमा ६ र पाँच कक्षामा पाँच जना विद्यार्थी अध्ययनरत छन् । यसमध्ये सबै विद्यार्थी विद्यालय आउँदैनन् । दुई÷तीन जना विद्यार्थीलाई समेत पढाउनुपर्ने बाध्यता रहेको शिक्षक बताउँछन् ।

विद्यालय मर्जरमा समुदाय बाधक

विद्यार्थी संख्या कम भए पनि विद्यालय एकीकरण (मर्ज) गर्ने छलफल पनि चलेको थियो । पाँच मिनेट दूरीमा पर्ने वडा नम्बर ३ स्थित हर्दिनेटाको देवीस्थान प्राविसँग गाभ्ने जिल्ला शिक्षा कार्यालयको प्रयास असफल भएको छ ।

समुदायले साथ नदिएकै कारण मर्जरको प्रयास असफल भएको छत्रकोट गाउँपालिकाका विद्यालय निरीक्षक विष्णु ज्ञवालीले बताए । ‘धेरै पटक विद्यालय मर्जर गर्ने विषयमा जोड ग¥यौँ’, उनले भने, ‘समुदायले नमान्दा मर्जर हुन सकेन ।’ दुवै विद्यालय फरक–फरक वडामा सञ्चालन भएकाले समुदाय मञ्जुर नभएको पाइएको उनको भनाइ छ ।

‘आफ्नो विद्यालय छाडेर अर्कोमा जान कोही मञ्जुर भएनन्’, ज्ञवाली भन्छन्, ‘शिक्षा कार्यालयबाट धेरै प्रयास गरियो । अब स्थानीय तहले नयाँ ऐन, नियमावली बनाएर कडाइसाथ लागू गरे मात्र सम्भव हुने देखिन्छ ।’ जिल्लाका धेरै प्राथमिक तहका विद्यालय विद्यार्थी नहुँदा सञ्चालनमा सकस पर्दै गएको उनको भनाइ छ ।

जिल्लाकै कतिपय विद्यालयमा शिक्षक नभएर हैरानी छ । तर, यो विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षक धेरै छन् । कार्यरत सबै शिक्षक स्थानीय हुन् । गाउँमा बढ्दो बसाइसराइ र निजी विद्यालयप्रतिको आकर्षणले गर्दा विद्यार्थी संख्या बर्सेनि कमजोर बन्दै गएको प्रधानाध्यापक राजेन्द्र ज्ञवालीले बताए । ‘०४७ सालदेखि नै यसैगरी चलेको छ’, उनले भने, ‘बर्सेनि विद्यार्थी भर्नादर घट्दो छ ।’

प्रधानाध्यापक ज्ञवालीसहित शिक्षक थम्मन घिमिरे र टेकराज बञ्जाडे स्थायी दरबन्दीका हुन् । ताराबहादुर खत्री र कमला केसी अस्थायी दरबन्दीमा कार्यरत छन् । सबै जना शिक्षक सुरुदेखि नै यसै विद्यालयमा कार्यरत रहेको विद्यालयले जनाएको छ । ‘पञ्चायतका बेला प्रत्येक वडामा विद्यालय सञ्चालन हुने गर्थे’, ज्ञवालीले भने, ‘नजिक भएर पनि दुई विद्यालय फरक–फरक वडामा हुँदा मर्जरमा समस्या देखियो ।’ स्थानीयको आवश्यकता र चाहनाअनुसार आफूहरू चल्ने उनले सुनाए ।

चार कक्षासम्म सञ्चालन भएको देवीस्थान प्राविमा छात्रा २२ र छात्र १९ गरी ४१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक पार्वता सुनारले बताइन् । दुई जना स्थायी दरबन्दी, एक जना अस्थायी र दुई जना निजी स्रोतमा शिक्षक कार्यरत छन् ।

‘कक्षा तीनसम्म स्वीकृत छ’, उनले भनिन्, ‘जसोतसो अनुमति लिएर चारसम्म चलाएका छौँ ।’ गाउँमा बच्चा नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भइरहेको उनको अनुभव छ । सो विद्यालका शिक्षक पनि सबै स्थानीय हुन् ।

शिक्षा ऐन, नियमावली बनाएर विद्यार्थी संख्या कमजोर भएका विद्यालय एक आपसमा गाभ्ने तयारी रहेको छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले बताए । ‘शिक्षा ऐन बनाउने तयारीमा छौँ’, उनले भने, ‘अबको गाउँसभाले पारित गर्छ ।’ -अन्नपूर्ण पोस्टबाट

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D