gulminews logo
मंगलवार, २०८१ बैशाख ४

क्षयरोग परीक्षणका लागि गुल्मीमा अत्याधुनिक ‘जीन एक्स्पर्ट’

गुल्मी । क्षयरोग परीक्षणका लागि जिल्ला अस्पताल गुल्मीमा ‘जीन एक्स्पर्ट’ मेशिन सन्चालन हुने भएको छ । खकारमा हुने जीवाणु परीक्षणका लागि विश्वकै पछिल्लो नयाँ प्रविधि भित्र्याउन लागिएको हो ।

हाल अस्पतालमा सञ्चालित प्रयोगशालाभन्दा यो मेशिन धेरै उपयोगी हुने चिकित्सकहरूले बताए । फोक्सो र त्योभन्दा बाहिर देखिने क्षयरोग परीक्षणमा अहिले ५ प्रतिशत मात्र सफल हुने गरेकोले अब करीब ९८ प्रतिशत सफल परीक्षण हुने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

निक साइमन इन्ष्टिच्यूटको समन्वय र विराट नेपाल मेडिकल ट्रष्टको सहयोगमा मेशिन सञ्चालनमा आएको हो । ‘यो मेशिनबाट क्षयरोगका साथै इवोला, एचआईभी, हेपाटाइटीस बी जस्ता १५ थरीका रोगको परीक्षण गर्न सकिन्छ । यसका लागि फरकफरक कार्टिज आवश्यक हुन्छ,’ निक साइमनका डा. काशिम शाले भने, ‘अहिले हामीसँग क्षयरोग परीक्षणको कार्टिज मात्र छ ।’ आगामी दिनमा सबै १५ थरीका रोगको परीक्षण गर्ने तयारी गरेको उनले बताए ।

गुल्मी सहित कपिलवस्तु, प्युठान र बर्दियामा यस वर्षदेखि क्षयरोग परीक्षणका लागि मेशिन सञ्चालनमा ल्याउन लागिएको छ । झण्डै एउटा मेशिनको २५ लाख पर्ने, चारओटा मेशिन र प्रतिकाट्र्रिज १० डलर पर्ने २ हजार थान काट्र्रिज सहयोग प्राप्त भएको डा. शाले जानकारी दिए ।

भियतनामका डा. म्याक्सको पहलमा चार जिल्लामा क्षयरोग परीक्षणका लागि अत्याधुनिक मेशिन ल्याइएको उनले बताए । मेशिन भित्रिएसँगै क्षयरोग परीक्षणका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हट्ने छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D