कोभिड वार्डमा कार्यरत नर्सको चिट्ठी – “प्लिज मेरो श्रीमानलाई बचाईदिनुस्…”

नेपालगन्ज । बिगत एकवर्ष देखि क्यान्सरसँग लड्दै आएका  श्रीमानको तत्काल बोनम्यारो अप्रेसन गर्नुपर्ने भएकोले भेरी अस्पताल नेपालगंज कोभिड वार्डमा कार्यरत नर्स सुनिता कुमारी सहकारीले सहयोगको याचना गरेकी छिन् । उनले आफुहरुसंग आर्थिक अभाव भएको हुदा श्रीमानलाई बचाउन सबैलाई सहयोग गरिदिनका लागि आग्रह गरेकी हुन् ।

हाल श्रीमानको काठमाण्डौंको पाटन अस्पतालको बेड नं २८२ मा उपचार भइरहेको र उनको तत्काल अप्रेसन गर्नु पर्ने भएकोले सहयोगको अपिल गरेको उनले बताइन् । घरको आर्थिक स्थिति दयनीय भएको हुदा सबैलाई हारगुहार गरेको छु भन्दै यस्तो पत्र लेखेकी छिन्…. 

“हजूरहरु  समक्ष  यसरी कुनै दिन जीवनको सबै भन्दा तितो सत्य लाई दर्शाउदै सहयोगको हात बढाउन  आग्रह गर्नेछु भन्ने सोचेको  त थिएन तर  अवस्था र परिस्थितिले बाध्य  बनाइदियो । मेरो श्रीमान भरत बहादुर बुढा विगत १ वर्ष देखि क्यान्सर पिडित भएर नियमित औषधि खाँदै हुनुहुन्थ्यो ।

अहिले आएर अवस्था जटिल भएपछि १० दिन अगाडि देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरको बेड नं २८२ मा भर्ना गराइ किमो थेरापिको उपचार गराई रहेको र तत्काल बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने कुरा सबैलाई जानकारी गराउन चाहन्छु ।  यस अवस्थामा मलाई आर्थिक समस्याले कठिन मोडमा उभ्याईदिएको छ । त्यसैले हजुरहरुको सानो सहयोगले  मेरो श्रीमानको अवस्थामा सुधार गर्न  ठूलो भुमिका खेल्नेछ । हजुरहरु सबैको सहयोगी भावनाले यो रोगसँगको लडाई हामीले जित्न सक्नेछौ ।

सहयोगी हातहरु अगिबढि सकेकाछन् । ज जसले अहिलेसम्म सहायोग गर्नु भयो उहाँहरु प्रति म  आभारी छु । हजुरहरुको सहयोगले मेरो श्रीमानलाई निको हुनेछ भन्नेमा मलाई थप आशावादि र उर्जाशिल बनाएको छ। हजुरहरुको सहयोगको अपेक्षा गर्दछु।”

एन आइ सी बैक खाता नम्बर : 2087621718524001
खातावालाको नाम : सुनिता कुमारी सहकारी
मोबाईल नम्बर : ९८४४८८३३९५

सुनिता कुमारी सहकारी

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D