gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कौशिक गोत्रीय विष्ट एकता समाज नेपालको बुटवलमा प्रथम पुनर्मिलन कार्यक्रम सम्पन्न

विवश विष्ट
बुटवल, १२ कार्तिक । कौशिक गोत्रिय विष्ट एकता समाज नेपालको राष्ट्रिय पुनर्मिलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । देशका विभिन्न १४ जिल्लाका विष्ट दाजुभाईहरुको उपस्थितमा भेला सम्पन्न भएको हो ।

विष्टको उत्पत्ति तथा पुर्खौलीको अध्ययन गरि थाहा पाउन विष्टहरुको एकता गरिनु पर्ने कार्यक्रमका वक्ताहरुको जोड थियो विषेशत आफ्नो गोत्रका दाजुभाई देशका कुनकुन ठाउँमा छन, कति संख्या मा छन जानकारी लिनका साथै सबै विष्टहरुको एकरुपता प्रदान गर्न लागि कौशिक गोत्रका विष्टहरु एकजुट भएका हुन ।

विष्ट समाजका जेष्ठ व्यक्ति बर्ष ७८ को शेरसिंह विष्टको अध्यक्षता
तथा बुटवल समितिको व्यवस्थापनमा कार्यक्रम संचालन भएको हो । देशभरका १४ जिल्लाका करिब ५० जना भन्दा बढी संख्यामा उपस्थित रहेको सो कार्यक्रममा विभिन्न विषयमा आफ्नो विचार तथा राय प्रस्तुत गरेका थिए ।

जस अन्तर्गत विष्टहरुको एकता गर्दादेखीको इतिहासको विषयमा गुल्मी हाडहाडेबाट पदम विष्ट, विष्ट कुलको देवाली विषयमा गुल्मी अग्लुङ्गबाट गुमानसिंह विष्ट,आर्थिक तथा सहकारी संचालन विषयमा नवलपरासी डण्डाबाट छविलाल विष्टले आफ्नो विचार तथा राय व्यक्त गरेका थिए ।

विष्टको अध्ययनबारे गुम्चालबाट चोम बहादुर बिष्ट, देशभरका भएका समितिबारे के कस्तो कार्यप्रगतिबारे गुल्मी अग्लुङ्गबाट लाल बहादुर विष्ट , अनुशासन र आर्थिक विषयमा रुपन्देहीबाट लिला बहादुर विष्ट, एकता समाज संचालनको विषयमा गुल्मीबाट हरि बहादुर विष्ट लगायतले आफ्नो विचार तथा राय व्यक्त गरे । त्यसैगरी विष्टहरुको पुर्खौलीको विषयमा एक अनुसंधान मुलक प्रतिवेदन दैलेखबाट भिम बहादुर विष्टले प्रस्तुत गरेका थिए ।

यस एकता समाजलाई वैधानिकता दिन एक तदर्थ समिति चयन भएको छ । बुटवलका जगत बहादुर विष्टको अध्यक्षतामा ७ सदस्यीय समिति बनेको छ । जस अन्तर्गत लिला बहादुर विष्ट उपाध्यक्ष, चन्द्र बहादुर विष्ट सचिव, जितेन्द्र बहादुर विष्ट कोषाध्यक्षमा चयन भएका छन । त्यसैगरी सुन्दरा विष्ट, हरि बहादुर विष्ट र इन्द्र विष्ट तदर्थ समितिका सदस्यमा चयन भएका छन । जुन समितिले एकता समाजलाई वैधानिकता दिने र कार्य समिति बनाउने छ ।

दीपक विष्टले सहजिकरण गरेको कार्यक्रममा थप विस्तृत जानकारी लिनका लागि डा. हिक्मत बहादुर विष्टलाई अनलाईनबाट उपस्थित गराई जानकारी लिइएको थियो । पदम विष्ट, दीपक विष्ट लगायतले सुरुवात गरेको यो अभियानलाई सबैले धन्यवाद ज्ञापन गरेका छन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D