सन्दिप पन्थी
चीनको बुहान शहरमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाईरस कोभिड-१९ अहिले रोग बिश्वको २०० भन्दा बढी देशमा फैलिएको छ । अहिलेसम्मकाे तथ्याङक अनुसार याे राेगबाट झन्डै साढे ३ लाख जनाको मृत्यु भईसकेको छ । कोभिड-१९बाट यसरी मृत्यु हुने देशहरुमा सबैभन्दा धेरै अमेरिका, बेलायत, ब्राजिल, रुस, इटाली लगायतका देश रहेको छन् । अहिलेकाे अवस्थामा भारत हुँदै नेपाल पनि यसको चपेटामा परिरहेकाे छ । अवस्था दिनप्रतिदिन थप जोखिमपूर्ण बनीरहेको छ ।
दिनानुदिन संक्रमण बढिरहेको स्थिती छ । सरकारले यस माहामरीबाट बच्नको लागि देशभरी लकडाउन घाेषणा गरेको दुई महिना भईसक्यो । विशवभरी कोरोनाभाइरसको आक्रमणले गर्दा सारा संसारको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा धेरै क्षेत्रलाइ आक्रन्त पारीरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन । यस्तो भयावह स्थितिमा पनि नेपालका कथित राजनैतिक दलहरु भने बेमौसमको बाजा बजाउनमै ब्यस्त छन् । छिमेकी राष्ट्रले ज्यादती गरिरहेका अवस्था पनि हाम्रो देशका नेता भनाउँदाहरु भने कहिले MCC जस्तो बिबादित परियोजनालाई कसरी पास गराउने भन्नेमै झुलिरहेका छ्न् । कहिले छिमेकी सङ्गगको सम्बन्ध बिग्रिन्छकी भनेर देशमा भइरहेको अत्याचार बिरुद्ध एक शब्द बोल्न नसकेको अवस्था देखिएको छ ।
“लकडाउन” यो शब्दको अर्थ हुन्छ कुनै ठाँउमा उहीँ स्थितिमा रहनु हो । देशमा संक्रमण फ़ैलिने डरले सरकारले चालेको यो कदमलाई म हृदय देखि नै स्वागत गर्द्छु तर लकडाउनले देशमा मजदुरी गरेर एकछाक जनतन गर्जो टारिरहेका कैयौ मजदुरहरुको अवस्था अहिले दयनीय छ । एकछाक खानाको लागि दैनिक ज्याला मजदुर गर्ने तथा विभिन्न प्राइभेट कम्पनीहरुमा काम गर्ने कर्मचारीहरु तथा साना ब्यापारी, शिक्षक आदि बर्गहरुलाई पनि देशमा बनेका स्थानीय तहका जनप्रतिनिधि मार्फत राहतको ब्यब्स्था गर्नुपर्ने अवस्था देखिन्छ ।
देशको अर्थतन्त्रमा श्रमिक हरुको ठुलो योगदान रहेको छ । लकडाउनले यातायात हरु सुचारु गर्न पाएको छैन शिक्षण संस्थाहरु पुर्ण रूपमा बन्द छ्न । आशा छ देशले यस कोरोनाभाइरसलाई जित्नेछ र फेरि हाम्रो देशमा रहेका शैक्षिक संस्था यातायात तथा सबै कलकारखानाहरु सुचारू हुनेछ । हाम्रो देश समृद्धि तर्फ लम्किनेछ र देशमा भइरहेको राज्नैतिक बीचलन को छिटो अन्त्य हुनेछ ।