Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
कुलचन्द्र गौतमको गाउँ मोह: बर्षेनी शिक्षा र स्वास्थको कोशेली बोकेर घर पुग्छन् - Gulminews

कुलचन्द्र गौतमको गाउँ मोह: बर्षेनी शिक्षा र स्वास्थको कोशेली बोकेर घर पुग्छन्

टोपलाल अर्याल
गुल्मी, १७ चैत्र । संयुक्त राष्ट्रसंघमा पुर्व सहायक महासचिव कुलचन्द्र गौतम पछिल्लो समय कम्तीमा बर्षको एक पटक गाउँ आउँछन् । त्यो पनि गाउँ र गाउँलेको लागि कोशेली बोकेर । अहिले पनि बिशेषज्ञ सहितको दुई दिने निशुल्क स्वास्थ्य शिविर लिएर गौतम गाउँ आए । गरिव र असाहय गाउँलेले उपचार पाए, उनी आर्शिवाद बोकेर काठमाण्डौ फर्किए ।

गाउँमै सेवा पाएपछि नागकिर खुसी
इस्मा गाउँपालिका ६ अमरपुरकी हरिकला विक पाठेघरको समस्या लिएर शिविर आइन् । डाक्टरहरुले उनको स्वास्थ्य परिक्षण गरे । पाठेघरमा संक्रमण देखियो । बाँकी उपचार गर्न उनीसंग खर्च थिएन । कोषले उनको बाँकी उपचार निशुल्क गरिदिने निर्णय ग¥यो । बिपन्न हरिकला खुसी भएर घर फर्किन् ।

विक मात्रै हैन । सोहि स्थानका सोब बहादुर कुमाल लामो समयदेखि हाइड्रोसिलको समस्याले पीडित छन् । गाउँमै निशुल्क उपचार सुनेपछि शिविरमा आए । डाक्टरले उनको अवस्था बिकराल देथेपछि थप उपचारको लागि बाहिर सिफारिस गरे । उनीसंग पनि थप उपचारमा आर्थिक समस्या देखियो । कोषले पाठेघर र हाइड्रोसिलको समस्या भएका हरिकला र सोब बहादुर जस्तै १२ जना महिला र चार जना पुरुषको तम्घास तथा पाल्पामा लगेर थप उपचार गर्ने निर्णय गरेको संस्थापक समेत रहेका कुलचन्द्र गौतमले बताए ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले हिमा गौतम स्मृति कोषको आयोजनामा इस्मा गाउँपालिका ६ अम्मरपुरमा शिविरको आयोजना गरिएको थियो । शिविरमा स्त्री रोग, हाडजोर्नी तथा नशा र अन्य बिभिन्न रोगका पाँच सय ५३ पुरुष र सात सय ४४ जना महिलाले उपचार गराए ।

गत बर्ष पनि उनी शिविरनै लिएर गाउँ आएका थिए । गाउँकै छ सय ९७ महिला र दुई सय ५३ पुरुष गरी नौ सय ५० नागरिकले स्वास्थ्य सेवा लिएको हिमा गौतम स्मृति कोषका सदस्य सुजन चन्द्र गौतमले बताए । कुलचन्द्र गौतमले गाउँको शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् ।

को हुन ? हिमा गौतम
कुलचन्द्र गौतमकी आमा हिमा गौतम । उनी विस १९८५ सालमा जन्मिइन् । विस २०५३ सालमा मृत्यु भयो । हिमा गौतम तत्कालिन समयमा महिलाहरु साक्षर हुनुपर्छ, छोरीहरुलाई बिद्यालय पठाउनुपर्छ, समाजका दुखी गरिवलाई औषधी उपचार गर्नुपर्छ भन्ने प्रगतीशिल बिचारधारकी अभियान्ता थिइन् । त्यसैले आमाकै सपना साकार पार्न कुलचन्द्र गौतम परिवारले २०५३ सालमा हिमा गौतम स्मृति कोषको स्थापना गरे । जसले अमरपुर र आसपासका क्षेत्रको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा अतुलनिय योगदान पुराइरहेको छ ।

शिक्षाको क्षेत्रमा जोड
हिमा गौतम स्मृति कोषको उदेश्य अम्मरपुर र छिमेकी गाउँका गरिव तथा असाहय महिला, बालबालिका र अन्य सिमान्तकृत जनमुदायको विकास र कल्याणका सहयोग पु¥याउनु हो । हिमा गौतम स्मृति कोषले बिद्यालयमा बिशेष गरेर छात्रा र बिपन्न बालबालिकाको भर्नादर बृद्धि गर्न विभिन्न कार्यक्रम संचालन गरेको छ । जसका लागि अमरपुरका बिद्यालयहरुमा छात्रछात्रालाई निशुल्क कामी कलम, पोशाक तथा खाजाको व्यावस्था, प्राविहरुलाई सहयोग गर्दै आएको छ ।

उत्कृष्ट पुरस्कारको व्यावस्था गरेर बिद्यार्थीहरुलाई शिक्षामा आकर्षण गरिएको छ । त्यस्तै १५ लाखको अक्षय कोषको स्थापना गरि अमरपुर माविलाई ओम प्रसाद गौतम माविमा नामकरण भएको छ । अहिले अक्षय कोषसंगै माविको भौतिक संरचना निर्माण, खानेपानी टयाङकी तथा धारा निर्माण, मञ्च निर्माण लगायत सांस्कृतिक र अन्य शैक्षिक कार्यक्रम करिव ३० लाख लगानी भैसकेको प्रध्यानाध्यापक तिकल पराजुलीले बताए । इस्मा गाउँपालिका ६ अमरपुरका वडाध्यक्ष हिरा जिसीले हिमा गौतम स्मृति कोषको स्थापनादेखि अहिलेसम्म शिक्षाको क्षेत्रमा मात्रै झण्डै एक एक करोड लगानी गरिसकेको बताए ।

स्वास्थ्यमा पनि ठुलो देन
हिमा गौतम स्मृति कोषले २०५६ सालमा अमरपुर स्वास्थ्यचौकीको चारकोठे भवन निर्माणको लागि जग्गा उपलब्ध गराएको छ । पछि स्वास्थ्यचौकीको स्तरउन्नती भयो । त्यसलाई पनि जग्गा अभाव भएपछि भवन निर्माण गर्न कुलचन्द्र गौतमले आफैले पाँच रोपनी जग्गा प्रदान गरे । अहिले सुविधा सम्पन्न भवन निर्माण भएको छ । कोषकै संस्थापक सदस्य सावित्रा गौतमले स्वास्थ्यचौकीलाई ४० वाटको सोलार सेट, सुत्केरी गराउन आवश्यक पर्ने टेवल, गर्भमा रहेको शिशुको मुटुको धडकन नाप्ने डोप्लर, भ्याकुम सेट, भोटो टोपी, स्याचुरेशन मेसिन, तौलने मेसिन तथा रक्तचाप जाँच्ने मेसिन प्रदान गरेकी छन् ।

जग्गा, शिविर, स्वास्थ्य सामग्री लगायतका अन्य व्यावस्थापनमा कोषले झण्डै ५० लाख सहयोग गरेको सदस्य सुजन चन्द्र गौतकमले बताए । साथै उनले आगामी बर्ष सवै महिलाको पाठेघरको समस्या समाधान कसरी गर्ने भन्ने बिषयमा योजना बनाइरहेको बताए । त्यस्तै कोषले महिलाहरुको शसक्तीकरणको लागि हेफरमा आवद्ध महिलाहरुलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको गौतमले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D