gulminews logo
बुधबार, २०८१ बैशाख १२

कुटपिटबाट गुल्मीमा एक होटल संचालकको मृत्यु

हुमाकान्त पोख्रेल
गुल्मी, भदौ २२ । गुल्मीको इस्मामा कुटपिटबाट एक जनाको मृत्यु भएको । इस्मा गाउँपालिका वडा नं २ हस्तिचौर घर भई वडा नं १ को छिनुवामा होटल गर्दै आएका २३ बर्षीय मोती बहादुर कुवंरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान कुवंर घाइते र अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्टले जानकारी दिए । मोती र दाजु यम बहादुर कुवंरले संयुक्त रुपमा होटल संचालन गर्दै आएका थिए ।

यम बहादुरले आफु ९ बजे घर गएको र बिहान आउँदा भाईलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्टको भनाई छ । उचेत कुवंरको उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो ।

अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक केदारराज पन्थको टोली घटनास्थल गएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D