मनोज कार्की
असार ८, गुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुर चौरासी स्थित नर बहादुर अर्यालको घरमा बिहिबार साँझ रोकी राखिएको स्कुटरमा अज्ञात समुहद्धारा आगजानी सहित आगो लगाईएको छ । शुक्रबार राति करीब १ बजे आगो लगाईए पनि अहिले सम्म दोषी पत्ता लाग्न सकेको छैन ।
स्कुटर मालिक नर बहादुर अर्याललले आफ्नो ब्याक्तिगत प्रयायोजनको लागि २ हप्ता पहिले मात्र उक्त स्कुटर किनेका थिए । जेठ २७ गते सदरमुकाम स्थित जय श्रीराम मोटर पार्टसबाट हिरो कम्पनीकोलु.९.प ९४८८ नम्बरको ड्युएट स्कुटर किनेर ल्याएका थिए । किनेको १० दिनमै स्कुटर जलाएर नष्ट गरिएको हो ।
नेपाली कांग्रेस जिल्ला समिति गुल्मीले शुक्रबार इश्मा गाउंपालिका–६ अम्मरपुर चौरासी पुगि स्कुटरमाथी कस्ले आगजानी गरेको हो सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कार्वाहीको माग गरेको थियो ।
गुल्मी कांग्रेसका सभापती भुवन प्रसाद श्रेष्ठ श्रेष्ठ, सचिव खिलध्वज पन्थी, जिल्ला सदस्य चन्द्रबहादुर महत, क्षेत्रीय सदस्य नर बहादुर अर्याल, अम्मरपुर कांग्रेसका सभापती रेशम कुँवर लगायतको टोली अमरपुर पुगेको थियो ।
बिगत केही समय अघि खानेपानी योजना र मकैजोन कार्यक्रम पारदर्शिता गर्न तथा आयव्यय सार्वजनिक गर्न माग गर्दा संगठित रुपमा सार्वजनिक गाली बेइज्जत गरी कालो मोसो दल्ने, मार्ने धम्की दिने गतिविधि भैरहेको अवस्थामा स्कुटर माथी आगजनी हुनुले घटना शंकास्पद बनेको नेपाली कांग्रेस क्षेत्रीय सदस्य अम्मरपुरका निवर्तमान सभापती तथा नेपाल भुतपुर्व सैनिक संघ गुल्मीका जिल्ला अध्यक्ष क्याप्टेन नर बहादुर अर्यालले बताए ।
“पहिलो पटक मेरो घरमा आगलागी भयो फेरि यो घटना, अरु कसैको घरमा नदोहोरिएला भन्न सकिन्न”, अर्यालले भने, “त्यसैले सम्बन्धित निकाय सम्म कुरा पुराएको र जति सक्दो छिटो दोषी पत्ता लगाई कानुनी कारवाही हुनुपर्दछ ।”