gulminews logo
आईतवार, २०८१ जेष्ठ ६

काठमाडौंमा लुटपाटमा संलग्न गुल्मीका भण्डारी सहित ८ जना पक्राउ

गुल्मीन्युज
काठमाडौं, भदौ २२ । काठमाडौंमा लुटपाटमा संलग्न गुल्मीका एक सहित ८ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित हाई रेष्टुरेन्ट एण्ड डान्स वार भित्र लुटपाट तथा डकैती गरेको र थप योजना वनाईरहेको अवस्थामा गुल्मी ईस्मा गाउँपालिका वडां. ५ स्थाई घर भई हाल हलचोक वस्ने ३० बर्षिय युवराज भण्डारी सहित ८ जना पक्राउ परेका हुन् ।

आइतबार महानगरीय प्रहरी परिसर टेकुमा गरिएको पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरु र उनिहरुबाट बरामद सामाग्रीहरु सार्वजनिक गएको छ । शनिबार प्रहरीले लुटपाटका घटनामा संलग्न भएको भन्दै काठमाडौं १६ स्थित हाइ रेस्टुरेन्ट एन्ड डान्सबारबाट ८ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा गुल्मीका भण्डारीका अलावा गोरखा जिल्ला अजिरकोट गाउँपालिका घर भई सोही रेस्टुरेन्ट संचालन गर्दै आइरहेका ३८ वर्षीय कुशल अधिकारी, नुवाकोट तारकेश्वर गाउँपालिका–१ घर हाल हाई रेष्टुरेन्ट एण्ड डान्स वार संचालक २९ वर्षीय राम वहादुर तामाङ, नुवाकोट घर भई हाल सोहि वार संचालक २५ वर्षीय धर्म राज तामाङ, रसुवा घर भई हलचोक वस्ने २९ वर्षीय योर्साङ घले, धादिङ घर भई टोखा जरङ्गु डान्स वार संचालक २७ वर्षीय विजय तामाङ, नुवाकोट घर भई हाल काँडाघारी वस्ने ३० वर्षीय पिटर तामाङ र नुवाकोट घर भई हाल वौद्द वस्ने ३० वर्षीय राजन तामाङ रहेका छन् ।

पक्राउ पर्नेमध्ये अधिकारी नेपाल आर्मीका भगौडा रहेको, योर्साङ घले विप्लव समूहका कार्यकर्ता भएको समेत भएको अनुन्धानबाट खुलेको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूका साथबाट चाइनिज पेस्तोल २ थान, सो पेस्तोलको म्याग्जिन २ थान, सोही पेस्तोलको गोली ४ राउन्ड, नक्कली सुन १ केजी, फलाम काट्ने औजार १ लुटिएका पर्स, एटिएम कार्ड र मोबाइल २ थान समेत बरामद गरेको बताएको छ। यसैगरी लुटिएको झोला, ७ थान मोबाइल र ४ थान मोटरसाइकल समेत बरामद गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D