gulminews logo
आईतवार, २०८१ बैशाख १६

काठमाडौंमा बस्ने गुल्मेली घर फर्किनुहोस: चेम्बर अध्यक्ष श्रेष्ठ

अनिल खत्री
७ मंसिर, गुल्मी । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौंमा बस्ने गुल्मेलीलाई जिल्ला फर्किन आग्रह गरेका छन् । गुल्मी चेम्बर अफ कमर्शको तम्घासमा प्रथम जिल्ला अधिबेनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले गुल्मी सुन्दर शान्त मनो मोहक रहेकाले यहाँ बसेरैधेरे प्रगती गर्नसकिने बताए । उनले यस जिल्लाबाट काठमाडौंमा बिभिन्न व्यवसाय गर्नेहरुलाई जिल्लामै बसेर व्यवसाय गर्नसकिने बताए । पहिलो पटक गुल्मी आएका श्रेष्ठले गुल्मी सोचेभन्दा सुन्दर शान्त र मनोमोह रहेको श्रेष्ठको भनाई छ ।

यस जिल्लामा धेरै पर्यटकीय क्षेत्रहरु रहेका आन्तरिक एबम् बाह्य पर्यटकहरुको आउने धेरै सम्भावना रहेकाले जिल्लामै बिभिन्न व्यवसायहरु सफल हुने बताए । यस जिल्लाबाट काठमाडौंका गुल्मेलीहरुले सिकेको सिप ज्ञान गुल्मीमै ल्याएर लगाउन आग्रह गरे । यस जिल्लाबाट धेरै उच्च पदस्थ व्यक्ति, मन्त्री, कर्मचारीहरु रहेकाले गुल्मी छोडनु भन्दा पनि यहाँ फर्किन आग्रह गरे ।

धेरै वर्ष पछि स्थीर सरकार पाएकाले जती हुनुपर्ने नभएको बताए । बहुमत सरकार भएपनि निजि क्षेत्र खुसी भएर अगाडी बढने बतावारण नभएको श्रेष्ठको भनाई छ । बिदेशी लगानी दर घटदै गएकाले स्थीर सरकार भएपनि निजि व्यवसायीले सुखको अनुभूति गर्न नपाएको अध्यक्ष श्रेष्ठले बताए । जिल्ला सदरमुकाम तम्घास प्रथम चलेको अधिबेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D