gulminews logo
बुधबार, २०८१ बैशाख ५

काठमाडौंमा बस्ने गुल्मीकी महिलाको डेराबाट नगद र सुनका गहना चोर्ने २ जना पक्राउ

काठमाडौं, भदौ २४ । काठमाडौं महानगरपालिका-४ बिशालनगर डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-१० घर भएकी ४७ वर्षीया बदुनी कुवँरको कोठाबाट नगद १ लाख रुपैयाँ तथा सुनका विभिन्न गरगहना समेत गरी अन्दाजी १४ लाख ९५ हजार रुपैयाँ चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर घर भएकी २३ वर्षीया ईडेन लामा न्यौपाने र ललितपुर हात्तिवन बस्ने महोत्तरी जलेश्वर नगरपालिका-२ घर भएका २२ वर्षीय रितिक चौधरी रहेका छन् । कुवँरको कोठामा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनले काम गर्न राखेकी ईडेनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निजले उक्त धनमाल चोरी गरी निजकै साथी रितिकलाई राख्न दिएको भन्ने खुल्न आएपछि ललितपुर सातदोवाटो चोकबाट चोरीका गरगहना सहित रितिकलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D