टोपलाल अर्याल
गुल्मी, २० जेठ । नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले नेपाली काङ्ग्रेसले नेपालको इतिहासमा दोहोर्याएर हार्ने र जित्ने पार्टी नभएको बताए । उनले नेपालमा भएका अहिलेसम्मका चुनावमा एक पटक जित्ने र एक पटक हार्ने गरेको स्मरण गर्दै काङ्ग्रेस कहिल्यै जितेर मातिने र हारेर आत्त्तिने पार्टी नभएको बताए ।
नेपाली काङ्ग्रेसले संचालन गरेको रास्ट्रीय जागरण अभियान अन्तरगत नेपाल तरुण दल र नेपाल विद्यार्थी संघद्वारा आयोजित बृहत आम सभालाइ सम्बोधन गर्दै शर्माले सत्तामा रहेको सरकार, प्रतिपक्ष र जङ्गलमा रहेको बिप्लप नबिग्रीए देशले शान्ति प्राप्त गरिसकेको बताए । नेपाल बिश्वमा स्वतन्त्रता दिवस नमनाउने देश भएको बताउदै दुनियाँमा कसैको दासमा नबसेको देश नेपाल भएको उनले बताए ।
प्रेस स्वतन्त्रता कसैको कृपा होइन
प्रबत्ता शर्माले प्रेस स्वतन्त्रता कोहि ब्यत्ती वा दलको कृपाले प्राप्त नभएको बताए । पत्रकारको कलम बन्द भए सरकार निरंकुश र अधिनायकवाद हाबी हुने भएकाले मिडिया काउन्सिल बिध्येक ल्याएर पत्रकारको टाउकोमा तरवार नझुन्ड्याउन केपि वलि सरकारलाई आग्रह गरे । उनले सरकारले यो निर्णय नसच्याए प्रेस स्वतन्त्रता र देशका कैयौं परिवर्तनका निम्ति बलिदानी दिने पत्रकारको अपमान हुने बताए ।
नेपाली काङ्ग्रेस गुल्मीले रास्टीय जागरण अभियान अन्तरगत पहिलो चरण सप्पन्न गरेको जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले बताए । उनले आफ्ना संघसंगठनहरु मार्फत सबै स्थानीय तहमा फरकफरक विषयका कार्यक्रम गरिएको बताए ।
यो अभियानले काङ्ग्रेस कार्यकर्तामा नयाँ उत्साह थपेको बताउँदै अब काङ्ग्रेस आम नेपालीबाट टाढा रहन नसक्ने बताए । काङ्ग्रेस गुल्मीले गत बर्ष पनि काङ्ग्रेसको महा अभियान “गाउँमा जाउ, गाउँमै रमाउ” तथा अग्लुङ-अर्बेनी लगायतका अभियान संचालन गरेको थियो ।