gulminews logo
शनिबार, २०८१ बैशाख ८

कांग्रेस नेता गगन थापामाथि बम प्रहार, शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार गगन थापा बमको छर्रा लागेर घाइते भएका छन्।

बुढानीलकण्ठ नगरपालिका–२ चपली भंगालको महादेव कोलोनीको चोकमै मध्यान्ह १२ बजेको समयमा काठमाडौं क्षेत्र नं. ४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी बम पड्काइएको बताइएको छ । विष्फोटमा उम्मेदवार थापा सहित बाटोमा हिँडिरहेका कांग्रेस नेता कार्यकर्ताहरु तथा अन्य बटुवा परेको स्थानीयले बताएका छन् । विष्फोट भएको स्थलमा भुइँभरी रगत छरिएको र आसपासका घरका सिसा फुटेका छन् ।

गगन यहाँको वृद्धआश्रममा गएका थिए । त्यही मौकामा उनैलाई लक्षित गरी बम विष्फोट गराइएको बताइएको छ । चुनाव प्रचारप्रसारका लागि चपली पुगेका थापालाई लक्षित गरी राखिएको बम विस्फोट हुँदा उनी घाइते भएका हुन् । थापालाई उपचारका लागि त्रिभुवन विश्वविद्याय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनका सहयोगी जीवन भण्डारीले जानकारी दिएका छन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D