gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कांग्रेसले जनतासंग गठबन्धन गरिरहेको छ: शालिक पन्थी

सन्ध्या बस्नेत/रिया बस्नेत
गुल्मी, मंसिर ६ । गुल्मी क्षेत्र नम्वर २ को प्रदेश १ वाट नेपाली कांग्रेसका उमेदवार शालिक पन्थीले वामगबन्धन केन्द्रका नेताहरु विचको मात्रै भएको बताएका छन् ।

मुसिकोट नगरपालिकाबाट घरदैलो गरेर आज सदरमुकाम तम्घासमा पत्रकारहरु संगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । वामगठन्धनका सामु कांग्रेस एक्लैलाई चुनाव जित्न मुस्कील पर्ने त होईन ? भन्ने प्रश्नमा उनले वामगठबन्धनका पछाडी नेताहरु मात्रै लाग्ने र कांग्रेसले गठबन्धन जनता संग गरी रहेको दावि गरे ।

‘वामगठन्धन केन्द्रिय तहका नेता स्तरको हो । उनिहरु को प्रधानमन्त्री बन्ने, को राष्ट्रपति बन्ने वाँडफाँडका साथ अप्राकृति गठबन्धन गरी रहो छन ’––उनले थपे –‘मलाई विश्वास छैन कि जनता नेताहरुले जे जे भन्छन र जतातता लर्घाछन् भेंडा बाख्रा झै उतै उतै लाग्छन् । ’
उनले वामगठबन्धनबाट लोकतन्त्र खतरामा पर्ने भएकोले जनताले लोकतन्त्रको रक्षाका लागि पनि जनताले आफुहरुलाई जिताउने दावि दोहराए । हामीले कोरा सपना देखाउँदैनौं , जे गर्न सक्छौं त्यति मात्र वोल्छौं , उनले राहले कुमाल वस्ती र आफु उठी रहेको प्रदेश भित्रका दलितहरुको अवस्था वर्षऔं अघि जस्तो थियो अहिले पनि उस्तै रहेको उदाहरण दिदै उनले प्रतिप्रश्न गरे , खै के गरे त त्यहाँ जितेका नेताहरुले खाली कोरा सपनाले हुँदो रहेछ त ?

दलित लगायतका पछाडी परका वर्ग समुदायलाई आफुलाई भेंडा बाख्र जस्तो विक्री नहुन उनले सुझाव दिए । ‘अहिलेको जमनामा पनि जनतालाई भंडा बाख्रा जस्तो खरिद गरेरै चुनाव जितिएको मैले पाएँ, जसका कारण झन पछि झन गरिव र तल पर्दै छन । त्यस्ता वर्ग समुदायहरु, मेरो उहाँहरुलाई यहि विनम्र निवेदन छ , एक दुई हजार नगद, एक दुई किलो मासु र रक्सीमा तपाईलाई कसैले किन्न खोज्छ भने त्यसैले उसको मुखमा हानेर आफ्नो स्वाभिमान बढाऔं र अमुल्यमतको सम्मान गरौं ।’

जिल्लाका पुराना पत्रकार तथा सामुदायिक रेडियो स्काईका सञ्चालक समितिका अध्यक्ष समेत रहेका पन्थीले अहिले आफुले गर्ने नसक्ने विकासको सपना जनतालाई बाँढेर मत नमाग्ने बताए । म राजनैतिक कर्मी मात्र होईन जिल्लाको पुरानो पत्रकार पनि हुँ, यसर्थ मैले जनतालाई ढाँटन चाहन्न यति भन्छु कि म उठेको प्रदेशका सवै मोटरबाटोलाई पिच गर्छुं , खानेपानीको अभाव भएको ठाउँमा पानी पुराउँछु , शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा जोड दिन्छु र गरिवी र वोरोजगारीको समस्यालाई समधान गर्ने कार्यक्रम ल्याउँ छु ।

गुल्मी जिल्लाकै शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसका समेत दुई दुई कार्याकाल अध्यक्ष रहेका पन्थीले तिनै विद्यार्थीहरुले नै गाउँगाउँमा आफ्नो पक्षमा जनमत बनाई रहेको दावा गर्छन् । उनका प्रतिस्पर्धी वामगठबन्धनका संयुक्त उमेदवार नेकपा एमालेका नेता खड्ग केसी रहेका छन् । ति दुवैको दावा जित्ने नै छ । फैसाला जनताले भोली गर्ने छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D