अनिल खत्री
१९ बैशाख गुल्मी । नेपाली काँग्रेस गुल्मीले सञ्चालन गरेको को ५० दिने महाअभियानलाई सफल बनाउनका लागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा गुल्मी आएका छन् । थापाले ‘नेपाली कांग्रेसको आव्हान, गाउँ जाउँ गाउँमै रमाऔं ५० दिने महाअभियान ’भन्ने मुल नाराका सुरु गरिएको काँग्रेस गुल्मीको अभियानमा सहभागि जनाउन बुधवार साँझ गुल्मी आएका हुन् ।
उनि बुधवार साँझ जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ मार हरेको एक दलित गरिब तथा पिपन्न परिवारको घरमा बस्ने कार्यक्रम रहेको काँग्रेस गुल्मीले जनाएको छ । बिहिवार बिहान थापाले वाग्लाको बडाचौरमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
दिउँसो जिल्लाको सदरमुकाम तम्घास स्थित नेपाली काँग्रेस रेसुङ्गा नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको काँग्रेस गुल्मीले जनाएको छ । नेपाली कांग्रेस गुल्मीले जनता संग प्रत्यक्ष घुलमिल गर्ने र दुख–सुख साट्ने ५० दिने महाअभियान नयाँ वर्षको पहिलो दिन देखि देखि सुरु गरेको थियो ।
उनिहरुको अभियान अन्र्तगत जिल्लाका ९३ वटै वडामा पुग्ने एक जना जिल्ला प्रतिनिधीहरु नेता वा पाहुन बनेर पुग्ने छैनन् । गरिव सर्वसाधरण जनताको लवाई खुवाई र वसाई जस्तो छ त्यस्तै भएर ५० दिन सम्म खट्ने छन् । विशेष गरी गरिव दलित र अति सिमान्तकृत जनता कांग्रेस संग नजिक नरहेको निश्कर्ष निकाल्दै यो अभियान सुरु गरिएको काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।
अभियानमा खटिने अभियान्त नेता कार्यकर्ताहरु विशेष गरी गरिव दलितको घरमा बस्ने , उनिहरुले जस्तो खान्छन त्यस्तै खाने, उनिहरुको कामलाई सघाउँने कार्यक्रम समेत राखिएको छ । जिल्ला भरका सबै स्थानिय तहहरु मध्ये ९३ वडामा ८६ जना काँग्रेसका नेताहरु गाउँगाउँमा पुगेर अभियान सञ्चालन गरेका छन् ।
म राष्ट्रपतीको दौडमा छैन: पुर्वप्रधानमन्त्री खनाल
टोपलाल अर्यालगुल्मी, ६ भदौ । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री