gulminews logo
शनिबार, २०८१ बैशाख ८

एसईई नतिजा: संस्थागत बिद्यालय तर्फ एउटै बोर्डिङका २ बिद्यार्थी गुल्मी जिल्ला प्रथम र द्वितिय

सन्जु काउछा
गुल्मी, असार १३ । एसईई परिक्षामा संस्थागत बिद्यालय तर्फ गुल्मीको रेन्बो इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थी जिल्लामै प्रथम र द्वितिय भएका छन् । समग्र जिल्लाको नतिजामा दोस्रो र तेस्रो पनि रेन्बो इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थी भएको स्कुलका प्रिन्सिपल योजन के.सीले आफ्नो फेसबुक मार्फत सर्वजनिक गरेका हुन् ।

यो पनि पढ्नुस्: यि हुन् SEE मा सबै बिषयमा ४ ल्याउँदै सामुदायिक बिद्यालय तर्फ गुल्मी जिल्ला टप गर्ने सागर

२०७५ सालको एसईई परिक्षामा रेन्बो इङ्लिस बोर्डिङ स्कुल रुरु गाँउपालिका बलेटक्सार गुल्मीका बिद्यार्थी अमित आचार्य संस्थागत बिद्यालय तर्फ जिल्ला प्रथम र राजेश भुषाल द्वितिय भएका हुन् । जिल्लाको समग्र नतिजा तर्फ भने रेसुङ्गा माद्यमिक बिद्यालयका सागर गिरी प्रथम भएका छन् । गिरीले सबै बिषयमा ४.० जि.पि.ए ल्याउँदै जिल्ला टप गर्न सफल भएका छन् ।

गुल्मी जिल्लाको समग्र नतिजामा रेन्बो इङ्लिस बोर्डिङका अमित आचार्य जिल्ला द्वितिय र राजेश भुषाल तृतिय भएका हुन् । संस्थागत बिद्यालय तर्फ ३.९५ जि.पि.ए प्राप्त गरि अमित आचार्य संस्थागत बिद्यालय तर्फ जिल्ला प्रथम र जिल्लाको समग्र नतिजामा द्वितिय भएका हुन् । यस्तै रेन्बो इङ्लिस बोर्डिङ स्कुलकै राजेश भुषालले ३.९० जि.पि.ए प्राप्त गरि संस्थागत बिद्यालय तर्फ द्वितिय र जिल्लाको समग्र नतिजामा तृतिय भएका हुन ।

एसईई नतिजा सार्वजनिक भए पछि रेन्बो इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल योजन केशी र अध्यक्ष इम बहादुर केशीले सफल हुने सम्पुर्ण बिध्यार्थी, अभिभावक र शिक्षक स्टाफलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D