gulminews logo
आईतवार, २०८१ बैशाख २३

एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा थापा र अध्यक्षमा महत

हुमाकान्त पोखरेल
गुल्मी, ०१ असौज । माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गुल्मीको इन्चार्जमा हिमाल थापा र अध्यक्षमा श्रीराम महत चयन भएका छन् । शुक्रबार बुटबलमा बसेको एकीकृत समाजवादीको प्रदेश कमिटीको बैठकले थापालाई इन्चार्ज र महतलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

इन्चार्ज भएका थापा राष्ट्रिय युवा संघमा क्रियाशिल थिए भने अध्यक्ष महत अनेरास्ववियूमा क्रियाशिल थिए । त्यस्तै अध्यक्ष महत ०७३ मा रेसुङ्गा बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । एमालेको माधव पक्षका थापा र महत तत्कालिन नेकपा हुँदा प्रचण्ड–माधव पक्षमा सक्रिय थिए । सर्वोच्चको दल टुक्राउने आदेशसँगै उनीहरु माधव पक्षमा रहे । पछि माधव नेपालले नयाँ दल दर्ता गरेसँगै उनीहरुले एकीकृत समाजवादीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् ।

अध्यक्ष महतले गुल्मीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको लागि आफुहरुले एकीकृत समाजवादी रोजेको प्रतिक्रिया दिए । ‘एमालेले आफुले उठाएका एजेण्डाहरुलाई अलपत्र पारेको छ ।’ महतले भने, ‘अब नयाँ तरिकाबाट जनतालाई संगठित गर्दै अलपत्र एजेण्डालाई पुरा गर्छौ ।’ त्यसका साथै अबको केही समयभित्रै गुल्मीमा पार्टीको कमिटी घोषणा गर्ने पनि उनले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D