gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

एउटा गरीबको छोरोले गुल्मीबाट यसरी जित्यो चुनाव……

प्रेम सुनार
गुल्मी, मंसिर २३ । जम्मा एक जोर कपडामा उनले उनले झण्डै एक महिने चुनावी सभा र घर दैलो भ्याए । चुनावमा पैसा खर्च गर्न सक्ने अवस्थाका छैनन् । एकदमै भड्किलो र खर्चिलो भैईरहेको भनिएको चुनावमा उनलाई पैसा खर्च गर्न सक्दैन जित मुस्कील छ भन्नेहरु पनि नभएका हैनन् । तर उनले प्रसस्त पैसा खर्च नगरे पनि चुनाव जितेरै छाडे । उनि हुन् गुल्मी क्षेत्र नं २ को प्रदेश २ का वामगठबन्धनका उमेदवार दिनेश पन्थी । जसका सामु चुनावमा कार्यकर्ता परिचालनको खर्च समेतको संकट थिया् ।

आर्थिक संकटका वावजुद पनि उनले भारी मतले प्रदेश सभा सदस्यमा चुनाव जिते । वाम गठबन्धनबाट ने.क.पा माओवादी केन्द्रका नेता पन्थीले ८ हजार ३७ मत अन्तरले काँग्रेस उम्मेदवार छन्द पहराईलाई पछाडी पार्दै विजयी भएका हुन् ।
dinesh panthi
पन्थीले १७ हजार ६ सय १ मत ल्याएका छन् भने काँग्रेस नेता पहराईले ९ हजार पाँच सय ६४ मत ल्याएका छन् । गुल्मीको भनभनेमा २०२८ साल चैत्र १ गतेका दिन पिता हुमाकान्त पन्थी र माता पवित्रा पन्थीका कोखबाट जन्मीएका पन्थी सानै देखि वामपन्थी आन्दोलनमा लागेका थिए । २०३७ सालमा अनेरास्ववियु ५ को सदस्यबाट ईलाका अध्यक्ष जिल्ला सहसचिव हुँदै राजनीति यात्रा अघि बढाएका नेता पन्थीको स्मरणीय र रोचक पक्ष के छ भने २०४३ सालमा पञ्चायत विरोधी आन्दोलनमा लागेको अभियोगमा नेपाल अधिराज्यभरका सरकारी विद्यालयहरुमा पढ्न तत्कालिन सरकारले बन्देज गरे पछि अध्यानका लागि भारत पुगेका थिए ।

भारतमा पुगेर तत्कालिन माले निकट अखिल भारत प्रवासी नेपाली संघमा उत्तर प्रदेशको सदस्य पछि व्युरो सचिव र महासचिव समेत हुँदै नेकपा एमालेमा केन्द्रिय सदस्य रहेका थिए ।
कम्युनिष्ट आन्दोलनमा लागे वापत प्रवासमै त्यहाँको प्रहरीबाट पटक पटक हिरासतमा परेका पन्थी पछि राजतन्त्र विरोधी आन्दोलनमा लागेको आरोपमा समेत पटक पटक हिरासतमा परेका थिए ।
कम्युनिष्ट आन्दोलनका ईमान्दार र निष्ठावान नेता मानिने पन्थी हाल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला ईञ्चार्ज समेत हुन् । साधा जिवन उच्च विचार राख्ने पन्थी विलासी जिवन कहिल्लै अंगालेनन् ।
पन्थीको जितले सामन्य परिवारको गरिवको छोराले पनि चुनाव जित्न सक्छ भन्ने उदाहरण दिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D