gulminews logo
बिहीबार, २०८० चैत्र १५

उपल्लो तम्घास माविको ४७ औँ बार्षिकोत्वस सम्पन्न

हुमाकान्त पोखरेल
गुल्मी, ०१ पौष । उपल्लो तम्घास माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका –९ गुल्मीको ४७ औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । विगत एक हप्तादेखि विभिन्न अतिरिक्त क्रियाकलापमार्फत सुरु भएको बार्षिकोत्सव बिहीबार औपचारिक कार्यक्रमबीच सम्पन्न गरिएको हो ।

कार्यक्रममा विद्यालयको संस्थापकको रुपमा रहेका पर्शुराम पन्थी र खिमलाल ज्ञवालीलाई विद्यालयको स्तरबृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको छ । त्यस्तै सहायक प्रध्यानाध्यापक बाबुलाल मरासिनी, शिक्षक कृष्ण पाण्डे, सुस्मा सारु लगायतका शिक्षकहरुलाई पनि उत्कृष्ट कार्यको लागि सम्मान गरिएको छ । कार्यक्रमकै अवसरमा प्रध्यानाध्यापक पिंकी भुसालले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै विद्यालयले संचालन गरेको विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश श्रीपालीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले सामुदायिक विद्यालयहरुको गुणस्तर बृद्धि गरी परीक्षामा धेरैभन्दा धेरै विद्यार्थी उत्तिर्ण गराउने नगरपालिकाको उदेश्य रहेको बताए ।

पहिलेभन्दा अहिले शिक्षामा धेरै सकारात्मक परिवर्तन देखिएकोले यसलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए । साथै उपल्लो तम्घास माध्यमिक विद्यालयले फरक क्षमता भएका विद्यार्थीहरुलाई पढाउनु र कृषि शिक्षा समेत संचालन गरेकोले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि उनले जायर गरे । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D