उदयपुरका पहिरो पीडितलाई गुल्मी केयरद्वारा जग्गा दान

उदयपुर, पुस २० । जिल्लाको उदयपुर गाउँपालिकाका पहिरो पीडितलाई गुल्मी केयर विश्व संजालले जग्गा दान गरेको छ । गुल्मी केयर विश्व संजालका अभियन्ता सागर कार्की मार्फत उदयपुरगढी गाउँपालिका ७ पहिरोपीडित पूर्णबहादुर खड्कालाई जग्गा दान गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले पीडित पूर्णबहादुर खड्कालाई जग्गा धनीपूर्जा हस्तान्तरण गरेको बताए। अभियन्ता कार्कीले भने, ‘जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा रकम पठाई जग्गा खरिद गरी पीडित परिवारलाई हस्तान्तरण गरेका हौँ,’ उनले थपे, ‘यो सहयोग पश्चिमाञ्चलका मजदुरहरुले आफ्नो छाक काटी पठाएको रकम हो ।’ पश्चिमाञ्चल विकास क्षेत्रको गुल्मी जिल्लामा गुल्मी केयर विश्व सञ्जालका अभियन्ता कार्कीले सीमासहित मानवीय सहयोगका लागि १० धुर नम्बरी जग्गा किनेर सहयोग गरेको प्रजिअ कँडेलको भनाइ छ।
udayapur news
हाडेबासका पहिरोपीडित पूर्ण बहादुरको घर गएको बर्खामा पहिरोको जोखिममा परेको थियो। उक्त क्षेत्रमा बस्ने नसक्ने गरी जमिन धुजा–धुजा भएको भनी जिल्ला समन्वय समितिका सदस्य कुलबहादुर खपाङीले केही व्यवस्थापन गरिदिन आग्रह गरेका थिए। प्रजिअ, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत, प्रशासकीय अधिकृत र लेखा अधिकृत सहितको टोलीले स्थलगत निरीक्षण गरी घर उक्त स्थानमा बसोवास गर्न उपर्युक्त नदेखिएकाले जग्गा खरिद गरी व्यवस्थापन गरिएको हो ।

स्थानीय र सुरक्षाकर्मीहरुको टोलीले खड्काको घर निर्माण गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ। जग्गा खरिद गर्ने गुल्मी केयर विश्व सञ्जालको कारण आफूले जग्गा पाएकोमा खुसी व्यक्त गरे।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D