gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

ईस्माका बिद्यार्थी र महिलाहरुलाई नेतृत्व विकास तथा उद्घोषण तालिम

टोपलाल अर्याल
गुल्मी, १४ असार । गुल्मीको इस्मा गाउँपालिका वडा नं १ का महिलाहरुले नेतृत्व विकास तथा उद्घोषण तालिम लिएका छन् । इस्मा गाउँपालिका वडा नं १ को आयोजनामा हिमालय माविको सभाहलमा दुई दिने तालिम संचालन भएको थियो । हिमालय माविको कक्षा १२ का छात्रा र अन्य समुह र संघसंस्थाका गरि ४० जनाको सहभागीता रहेको थियो ।

तालिमको उद्घाटन गर्दै इस्मा गाउँपालिका उपाध्यक्ष बिमला केसीले शसक्तीकरण मार्फत महिलाहरुलाइ समाज बिकासमा उत्प्रेरित गर्न लागिएको बताइन् ।

साथै उनले टोल सुधार समिति, महिला समुह र बिद्यार्थी मार्फत सामाजिक मेलमिलाप, घरेलुहिंसा न्यूनिकरण र मदिरा नियन्त्रण लगायतका कार्य गर्ने कार्यक्रम गाउँपालिकाको भएकाले सवैको सक्रिय सहभागीताको लागि आग्रह गरिन् ।

त्यस्तै प्रशिक्षक ओम कार्कीले गाउँका आमा दिदि बहिनी चेतनशिल र प्रशिक्षित भए मात्रै समाजको आमुल परिवर्तन सम्भव रहेको बताए । उनले अझै पनि समाजको केहि बर्ग र समुदाय चेतना र अवसरको दृष्टिकोणले अत्यन्तै पछाडी रहेकाले विकासको मुल धारमा समावेश गर्न यस्ता खाले तालिम र शसक्तीकरणको आवश्यकता पर्नेमा जोड दिए ।

वडाअध्यक्ष चुरा बहादुर खत्रीले मध्ये असारमा महिलाहरुलाई तालिममा बोलाएर दुख दिन खोजेको नभएर सचेत बनाउन खोजेको बताए । उनले वडा कार्यालयले महिलाहरुको सीप, क्षमता र शसक्तीकरणको लागि विभिन्न खाले कार्यक्रम संचालन गरिरहेको बताउँदै महिलाहरुकै सक्रियताका आधारमा आगामी दिनमा अझै धेरै कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तालिममा अधिवक्ता विनोद पाण्डेयले नेतृत्व विकास, नेपाल पत्रकार महासंघका सचिव टोपलाल अर्यालले उद्घोषण, एकिकृति ग्रामिण विकास समाजका ओम कार्कीले भाषण कला, समुह गठन, परिचालन र माइनुट लेखन तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले घरेलु हिंसा र कसुरका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा स्थानीय शिक्षिका टीका कुवंरले तालिममा आफुले पनि नेतृत्व विकास, उद्घोषण र घरेलुहिंसाका बिषयमा धेरै नयाँ कुरा सिकेकाले गाउँका यो कार्यक्रम आमादिदि बहिनीसम्म पुग्न समय लाग्ने बताइन् । उनले धेरै महिला आफ्नो हक र अधिकार भन्दा घरधन्दामा बढि रुमलिएकाले उनीहरुलाई सचेत र जागरुक बनाउन वडा कार्यालय र गाउँपालिकाले गाउँगाउँ र टोलटोलमा अभिमुखिकरण गर्नुपर्नेमा जोड दिइन् ।

साथै हिमालय माविकी छात्रा अस्मिता बोहोराले तालिमका बिषयवस्तु अत्यन्तै सान्दर्भिक भएकाले गाउँपालिकाले पाठ्यक्रममा समेत समावेश गर्नुपर्ने सुझाव दिइन् । ‘कानुन र अधिकार थाहा नभएर कति जना पीडा सहेर घरमै बसेका छन्,’उनले भनिन,‘सवै बिद्यार्थी, परिवार र समुदाय सचेत बन्नुपर्छ ।’

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D