gulminews logo
शनिबार, २०८१ बैशाख १५

इस्मा गाउँपालिकामा सरोकारवालाई सरसफाई तालिम

टोपलाल अर्याल
गुल्मी, १८ पुस । सरोकारवालाका लागि गाउँपालिका स्तरिय पूर्ण सरसफाई तालिम इस्मा गाउँपालिका ५ इस्मा रजस्थलमा सम्पन्न भएको छ । ‘हामी सवैको रहर पूर्ण सरसफाई युक्त गाउँघर’ भन्ने नाराका साथ पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना इस्मा गाउँपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा इस्मा गाउँपालिका प्रमुख, उपप्रमुख, सवै वडाका वडाध्यक्ष सहि कार्यपालिकाका सवै सदस्य, गाउँपालिकाका सवै स्वास्थ्य संस्था प्रमुख, व्यापारी तथा तथा महिला समुहका प्रतिनिधीहरुलाई सरसफाई सम्बन्धि जानकारी दिइएको थियो । तालिममा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज पोख्रेलले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । भने गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले गाउँपालिकाको सरसफाई योजनाको बारेमा जानकारी दिए । साथै वास सल्लाहाकार बिनोद प्रकाश लुहारले परियोजनाको संक्षिप्त परिचय दिए ।

पूर्ण सरसफाईका सुचक, आगामी योजना र कार्यान्यन कार्ययोजनाका बारेमा सरसफाई तथा स्वच्छता बिज्ञ चन्द्र बिष्टले प्रकाश पारेका थिए । गाउँपालिका उपाध्यक्ष बिमला केशीले वाताबरणीय सरसफाईको महत्वको बारेमा जानकारी दिएको परियोजना प्राविधिक लक्ष्मी प्रसाद खनालले बताए । तालिमको संचालन इस्मा गाउँपालिकाका वास संयोजक हरि घिमिरेले पारेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D