Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
इस्माली समाज काठमाण्डौमा भण्डारी सर्वसम्मत - Gulminews

इस्माली समाज काठमाण्डौमा भण्डारी सर्वसम्मत

टोपलाल अर्याल
गुल्मी, १४ पुस । इस्माली समाज काठमाण्डौले ११ औ साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । साधारण सभाले पुन: दामोदर भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्म चयन गरेको छ । समाजको उपाध्यक्षमा गोपिराज पराजुली, सचिवमा मोहन केशी, सहसचिवमा सरस्वति अधिकारी, कोषाध्यक्षमा शिवलाल खड्का निर्वाचित भएको निवर्तमान कार्यसमिति सचिव हेमन्त थापाले बताए ।

साधारण सभामा समाजका अध्यक्ष दामोदर भण्डारीले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिवलाले खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सदस्यमा बिमला केशी, चन्द्र बहादुर बस्नेत, महेन्द्र बस्नेत, उषा कार्की, मिन बहादुर केशी र देव बहादुर महत रहेका छन् ।

ishmali samaj

विकास र समृद्धिका पक्षमा जुटौ: मन्त्री बिष्ट
इस्माली समाज काठमाण्डौको साधारण सभाको उद्घाटन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले इस्माको विकास र समृद्धिका पक्षमा जुट्न सवैलाई आग्रह गरे । ‘गाउँको विकासका विभिन्न समुह र वर्गका सचेत नागरिकको महत्वपूर्ण भुमिका रहन्छ,’उनले भने,‘रचनात्मक सहयोग मार्फत इस्मालाई अगाडी बढाउँ ।’ उनले अहिले आफु दलालहरुको चौघेरा भित्र श्रमिकका विविध पक्षमा संंघर्ष गरिरहेकाले गाउँ र जिल्ला धेरै फर्कन नपाएको बताउँदै महत्वपूर्ण योजना र गतिविधीहरु भने नियाली रहेको बताए । मन्त्री बिष्टले बैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै जोखिमयुक्त योजनाहरु कार्यान्वयनमा रहेको बताउँदै सवै जनपक्षिय काम भएकाले मन्त्री पद फुस्किएलाकी भन्ने कुनै डर नभएको समेत प्रतिक्रिया दिए ।

गाउँपालिका स्तरिय हाजिर जवाफ
इस्माली समाज काठमाण्डौले आउने माघ ११ गते गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगीता आयोजना गर्ने भएको छ । विगतका बर्षमा जस्तै गाउँपालिकाका सवै मावि बिद्यालयहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिने समाजका अध्यक्ष दामोदर भण्डारीले बताए । २०६४ सालमा स्थापना भएको इस्माली समाजले गाउँको शिक्षाको क्षेत्रमा काम गर्दे आएको छ । इस्माली समाज इस्मा गाउँपालिका भित्र घर भई विभिन्न शिलसिलामा काठमाण्डौ रहेकाहरुको संगठन हो ।

इस्माली समाज काठमाण्डौले प्रेमनाथ अर्याल स्मृति छात्रवृति कोषबाट एसइइ परिक्षामा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गर्दै आएको भण्डारीले बताए । साथै समाजले हरितालिका तीजमा इस्माली चेलीबेटीका लागि दरखाने कार्यक्रम, बनभोज, दशैमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर प्रकाशन गर्दै आएको छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D