gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

इस्माको कोटकोटेरीमा स्वास्थ्य इकाइको स्थापना: स्वास्थ्य सेवा लिन ३ घण्टा हिड्नु नपर्ने

टोपलाल अर्याल
गुल्मी, १ कार्तिक । इस्मा गाउँपालिका ४ को अति विकट मानिने कोटकोटेरीमा स्वास्थ्य इकाइको स्थापना गरिएको छ । भौगोलिक अवस्थाका कारण हरेका पुर्वाधारले पछि परेको सो स्थानमाका स्थानीयको स्वास्थ्य अवस्थालाई मध्येनजर गरेर इकाईको स्थापना गरिएको हो ।

कोटकोटेरीका स्थानीयहरु कुनै पनि स्वास्थ्य सुविधा लिन दुईदेखि तीन घण्टाको बाटो हिडेर जानुपर्ने बाध्यता रहेको वडा सदस्य समेत रहेका भिमकान्त खनालले बताए । अब त्यो समस्या समाधान भएको छ । अहिले स्थापना भएको स्वास्थ्य इकाईबाट आधारभुत तहको प्राथमिक उपचार सजिलैसंग आफ्नै घरदैलोबाट लिन सकिने इस्मा गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्र प्रसाद भुसालले बताए । स्वास्थ्य इकाईको बुधबार इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण बिष्टले शुभारम्भ गरेको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए ।

स्वास्थ्य इकाईको शुभारम्भ गर्दै प्रमुख बिष्टले अहिलेसम्म पालिका भित्रका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भइसकेकाले आवश्यक स्थानमा यो कार्यक्रमलाई बिस्तार गरिने बताए । यो स्वास्थ्य इकाईबाट अव त्यस स्थानका करिव डेढ सय सय घरपरिवार र मालिका गाउँपालिका अन्तरगत नेटा आसपासका स्थानीयहरु लाभाम्बित हुने वडाध्यक्ष अधिकारीले बताए । कार्यक्रममा गाउँपालिका उपप्रमुख बिमला खत्री, कार्यकारी अधिकृत सरोज पोख्रेल, गाउँकार्यपालिका सदस्य कमला विक, वडा सदस्य भोलासिंह थापा, स्वास्थ्यकर्मी गोकर्ण थापा लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गनुप्रसाद अधिकारीकाको अध्यक्षता, वडा सचिव भिम प्रसाद पोख्रेलको स्वागत तथा दोहली स्वास्थ्यचौकी इन्चार्ज रमेश मरासिनीको संचालनमा सम्पन्न भएको थियो । स्वास्थ्य इकाई स्थापनासंगै इस्मा गाउँपालिका स्वास्थ्य संयोजक चन्द्र प्रसाद भुसालले झण्डै एक सय स्थानीयहरुको स्वास्थ्योपचार गर्नुका साथै औषधी बितरण गरेका थिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D