gulminews logo
शनिबार, २०८१ बैशाख ८

आमा सुत्केरी भएर आमा माइत गएको बेला ५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार

प्रेम सुनार
बुटवल, मंसिर २२ । गएराती रुपेन्देहीमा ५ बर्षिया बालिका सामुहिक बलात्कारको शिकार भएकी छन । देवदह नगरपालिका खैरेनी बजारकी दलित समुदायकी ५ बर्षिया वालिका ६ जना युवाद्धारा सामुहिक बलात्कारमा परेकी हुन ।

६ जना मध्ये सामुहिक बलात्कारको आरोपमा गएराती नै प्रहरीले देवदह नगरपालिका–६ का २२ बर्षिय लक्ष्मण बिक र वडा ७ का १८ बर्षिय जीवन खत्रीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्तिले जानकारी दिए ।

रक्ताश्रावले आशक्त ती वालिकाको लुम्विनी अञ्चल अस्पतालमा उपचार भई रहेको र अहिले उनको होस खुलेर बोल्न थालेको प्रहरी निरीक्षक घर्तिले बताए । पक्राउ परेका ती दुई जनाले बलात्कार गरेको स्वीकार गरेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

ती वालिकाकी आमा सुत्केरी भएर माईतीमा बाबुले छोड्न गएकोले एक्लै घरमा रहेको बेला घर नजिकैको टहरोमा लगेर ती युवाहरुले बलात्कार गरेको जनाईएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D