गुल्मी, बैशाख १९ । मौलिक लोक संस्कृति र कलाप्रेमी बैकुण्ठ रायमाझीको स्वर्गीय आमा प्रति समर्पित गीत ‘दुधको भारा’ सार्वजनिक भएको छ । आफ्नी स्वर्गीय आमाको वार्षिक पूण्य तिथिको अवसर पारेर सार्वजनिक भएको गीतमा गायक बैकुण्ठ रायमाझीले स्वयंको रचना र संगित रहेको छ ।
सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा अभिनय पनि स्वयं बैकुण्ठ रायमाझीले गरेका छन् । गीतमा गायक रायमाझीका बुवा टेक बहदुर रायमाझी सहित कालिका खराल, अमृता खराल, सुन्तली कार्की, पशुपती कार्की लगायतको पनि अभिनय देख्न सकिन्छ ।
यस गीतको म्युजिक भिडियोको छायांकन गुल्मीको मुसिकोट नगरपालिका, वामी सितल पोखरी स्थित कालिका दिदिको घरमा गरिएको छ ।
आमाको अद्वितीय माया र स्नेह गुमाउनु परेको पिडा र उहाँको योगदानलाई शब्दमा वर्णन गर्ने प्रयास गरेर रायमाझीले सिर्जना गरेको मर्मस्पर्शी गीतमा स्वर पनि गायक रायमाझीको रहेको छ भने निर्देशन सर्जक हुम गैरेको रहेको छ । चर्चित लोक गायक रामचन्द्र चन्दको संगीत संयोजन रहेको गीत निकै नै भावुक बनाउने र हृदयस्पर्शी छ ।
यो गीत सुनेर जो कसैका आँखा रसाउने पक्का छ । ‘सन्तानले जति नै कोसिस गरेपनि तिरेर नसकिने आमाको दुधको भारा वा मूल्य चुकाउने भरमग्दुर प्रयास गर्नुको सट्टा भगवानरुपी मातापितालाई अपमान गर्ने सन्तानहरूमा सद्बुद्धि पलाओस्’, गायक रायमाझीले भने ।
हेरौँ भिडियो: