आफ्नै छिमेकीलाई दाउराले हानेर मार्ने ५५ बर्षिया उमा एक वर्ष पछि पक्राउ

प्रेम सुनार
बुटवल, २१ साउन । अर्घाखाँचीमा एक वर्ष अघि घरमा मृत फेला परेकी एक बृद्धाको हत्या भएको खुलेको छ । त्यहाँको प्रहरीले हत्या अभियुक्त एक महिलालाई आईतवार पक्राउ गरी म्याद थप समेत गरेको छ । २०७४ साल असोज ३ गतेका दिन छत्रदेव गाउँपालिका वडा नम्वर ७, साविक भगवती गाविसको काउले की ६४ बर्षिया बृद्धा श्यामकला पाण्डे घर भित्र रक्त्ताम्मे अवस्थामा मृत फेला परेकी थिईन ।

उनलाई छिमेकी महिला ५५ वर्षिया उमा पाण्डेले दाउराले हानेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । डिएसपी मल्लले भने–‘त्यसको केहि समय अघि ति बृद्धाको घरबाट बग्ने कुलेसो तल अभियुक्त महिलाको घरबाट बग्ने र त्यस विषयमा झगडा भएको हत्याको पहिलो कारण देखिन्छ । त्यस भन्दा अघि ति बृद्धाले उमा पाण्डेका श्रीमान शोभाखर पाण्डेलाई जग्गाको बैना लिएर पछि अर्कैलाई उक्त जग्गा बेचेको रिस पनि देखिन्छ ।’

मल्लले हिजो अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाएको बताए । हत्याको उक्त दिन ति बृद्धा लडेको स्थानमा रगतको पोखरी थियो । उनले छोडाउँदै गरेका मकै समेत रगतमा डुवेका थिए । अघिल्लो दिन छोराहरु घरमा आई बावुको तिथी गरेर त्यसै दिन विहान बुटवल तर्फ फर्केका थिए । उनि घरमा एक्लै बस्दै आएकी थिईन ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ