gulminews logo
शनिबार, २०८१ बैशाख १५

आगलागि पिडितलाई ५० हजार रुपैँया सहित राहत सामाग्री हस्तान्तरण

विवश विष्ट
गुल्मी, चैत १ । मदाने गाउपालिका १ अग्लुङ्गको ओख्लेदहमा गत एक आगलागी पीडित परिवारलाई सहयोग तथा राहत सामाग्री हस्तान्तरण गरिएको छ । गत आईतबार अर्थात फागुन २७ गते स्थानिय गोरबहादुर बिक र उनका छोराका २ घर र गोठमा आगलागी हुँडा सम्पुर्ण अन्नपात, लत्ता कपडा आगलागीबाट नष्ट भएको थियो ।

आगलागिबाट घरगोठ गुमाएका पिडित परियारलाई स्वस्थ जुलु नेपाल गुल्मी जिल्ला प्रबन्ध निर्देशक अनिता बडाल, संयोजक राजेन्द्र बिष्टको संयोजकत्व तथा स्थानिय बुद्धिजीवी तथा समाजसेवीहरु लालबहादुर विष्ट, भगत चन्द बोहोरा, भरतबहादुर बिष्ट, ऋषिराम खत्री, रेखिराम चन्दलगायत अन्य बुद्धिजीवीको प्रतिनिधित्वमा पिडित परिवारलाइ जिन्सी सामाग्री सँगै ५० हजार रुपैँया नगद राहत स्वरुप सहयोग हस्तान्तरण गरिएको छ।

जिन्सि सामाग्रिहरुमा त्रिपाल, अोड्ने ओछ्याउने कपडाहरु तथा तत्काल अत्यावश्यक पर्ने सामाग्री प्रदान गरिएको छ। थप राहत आउने क्रम जारि छ । यतिमात्र नभई आगामि दिनमा पनि पिडित पक्षलाई थप सहयोगका लागि प्रतिबद्धता राखेको र पिडित परिवारको आवास पुननिर्माणका लागि थप सहयोगका लागि अघि बढेको स्वस्थ जुलु नेपाल जिल्ला कोडिनेटर तथा स्थानिय बुद्धिजीवी राजेन्द्र बिष्टले जानकारी दिनुभएको छ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D