gulminews logo
शनिबार, २०८१ बैशाख ८

अव्यवस्थित शहरको नमुना बन्दै बुटवल

विवश विष्ट
बुटवल, भदौ २४ । बुटवल सहर झट्ट हेर्दा राम्रो अनि शुन्दर देखिन्छ तर यसको भित्रि तथ्यलाई हेर्ने हो भने सडककै कारणले यहाँको अवस्था नाजुक बन्दै गएको छ । सडक मात्र नभई अन्य कारणहरुले गर्दा पनि यहाँको स्तर घट्दै गइरहेको छ । सडक मर्मत कार्यले होस या त अन्य विकास निर्माण कार्यले होस् दिनानु दिन मार गाडी चालक र यात्रुहरुलाई नै पर्दै आएको छ । सिद्दार्थ राजमार्गको चौराहा-गोलपार्क सडकखण्ड होस् या त महेन्द्र राजमार्गको चौराहा-पुष्पलाल पार्क-तिनाउ पुल होस् यी सडकखण्ड दिर्घकालिन रुपमा मर्मत सम्भार गर्न नसक्दा चालक र यात्रुहरु जोखिममा छन ।

‘घाम लाग्दा धुलाम्मे, पानी पर्दा हिलाम्मे’ बुटवलको मुख्य सडकको नारा जस्तै बनेको छ । सडकमा खाल्डाखुल्डी, छाडा चौपाया लगायत सडक व्यवस्थापन हुन नसक्दा दिनानुदिन सडक दुर्घटना बढ्न सक्ने जोखिम बढिरहेको छ । बढ्दो गर्मी त्यसमाथि सडकको धुलो र धुवाँले सडकमा हिड्ने पैदल यात्रुलाई पनि सास्ती छ । सडकको बिचौ भागमा परेको ठुलाठुला खाल्डामा जम्मा भएको पानी, हुइकिदै आएको गाडी नियन्त्रण गर्न नसक्दा सडक दुर्घटना पनि बढिरहेको छ भने गाडीको कारण जम्मा भएको पानिले पैदल यात्रिलाई छ्याप्ने समस्या कस्ले भोगेको छैन होला ?

सडकमा भएका खाल्डाखुल्डी मर्मत सम्भार दिर्घकालिन रुपमा गर्न नसक्दा जोखिम मोलेरै भए पनि मोटरसाइकल, अटोरिक्सा लगायत अन्य गाडीहरु गुडाउनु परेको समस्या गाडी चालकहरुले बताउँछन् । यसो त खाल्डाखुल्डीले मात्र नभई सडकमा भएका छाडा चौपायाहरुले पनि सडक दुर्घटना हुने सम्भावना भएको उनिहरु बताउँछन् ।

यसरी बुटवलका सडकमा भएगरेका विभिन्न समस्याहरु व्यवस्थापनमा सम्बन्धित निकायको ठोस पहल नभएको स्थानिय बासिहरु बताउँछन् । सडक दुर्घटना नियन्त्रणका लागि दिर्घकालिन रुपमा सडक मर्मत सम्भार गर्ने भन्दै विभिन्न संघसंस्थाले सम्बन्धित निकायहरुलाई ज्ञापन पत्र बुझाउदै आए पनि अहिले सम्म प्रतिबद्धता बाहेक ठोस निर्णय लिई कार्य गर्न सकिरहेका छैनन् ।

सडक जामको नमुना बन्दै

पछिल्लो समय बुटवलका मुख्य सडकहरुमा जाम बढीरहेको छ । यातायातका साधनको संख्या वृद्धि तथा ट्राफिक व्यवस्थापन फितलोका कारण यस्तो अवस्था दिनानुदिन बढ्दै गईरहेको छ । जसले गर्दा ट्राफिक प्रहरीलाई समेत सास्ती भैरहेको छ । बजारका मुख्य सडकमा ट्राफिक नियमको पालना गर्नु आवश्यक छ । तर सम्बन्धित निकायले ट्राफिक नियमका सम्पुर्ण साधनहरु व्यवस्थापनमा नलाग्दा ट्राफिक प्रहरीलाई सास्ती तथा सडक जाममा वृद्धि भईरहेको छ । एक त सडकमा भएका खाल्डैखाल्डाले पनि सडक जाम बढाइरहेको छ । जसको व्यवस्थापनका लागि विकल्प अपनाउन अपरिहार्य छ।

सडकमा छाडा चौपायाको रँजाई

बुटवलका मुख्य सडकमा मात्र नभई भित्री गल्ली गल्लीमा छाडा चौपायाहरुले रँजाई गरिरहेका छन । बुटवल उपमहानगरपालिका तथा अन्य सम्बन्धित निकायले यसतर्फ ध्यान दिइरहेका छैनन । मुख्य सडकमा हिडडुल गर्ने छाडा गाईबस्तुहरुको कारण सडक दुर्घटना बढीहरेको छ । छाडा चौपाया नियन्त्रणका लागि ठोस निर्णय लिई अगाडी बढ्न सकियो भने सडक दुर्घटनाबाट भैरहेका अप्रिय घटनाहरु नियन्त्रण हुनेछन् । यस तर्फ पनि सम्बन्धित निकायको ध्यान पुगोस् ।

चोकचोकमा फोहोरको डंगुर

बुटवलको पुष्पलाल पार्क, मिलनचोक, होराइजन चोक, बसपार्क लगायतका मुुख्य चोकहरुमा विगत २ हप्ता देखि फोहोरको डंगुर देखिन थालेका छन । बुटवल उपमहानगरपालिकाले फोहोर उठाउन नसक्दा फोहोरको अवस्थाले झनै सहर दुर्गन्धित बनाइरहको छ ।

बुटवल उपमहानगरपालिकाले भने फोहोर फाल्ने डम्पिङ साइट भरिएकाले फोहोर उठाउन नसकेको उपमहानगरपालिकाका वातावरण महाशाखा प्रमुख भूवाप्रसाद लुइँटेलले बताएका छन । अब अर्को डम्पिङ साइट व्यवस्था गरेर फोहोर उठाउने उनले बताएका छन । यसरी चोकचोकमा फोहोर थुप्रिन थालेपछि पैदल यात्रुहरुलाई सास्ती भएको छ । हिडडुल गर्दा पनि सकस परिरहेको पैदल यात्रीको गुनासो छ ।

चुरेपहाडको लेदो अस्पताल लाईनसम्म

भदाै१३ र १४ गते गएको बुटवल माथिको अग्लो चुरे पहाडको पहिरो पानी पर्दा अझै सम्म अस्पताललाइन सम्म आउने गर्दछ ।भूकम्पव्यवस्थित ढल निकास हुन नसक्दा बुटवल ज्योतिनगरमा गएको चुरे पहाडको हिलो गोलपार्क, ट्राफिक चोक हुँदै अस्पताल लाईन सम्म आइपुग्दा पंदल यात्रीलाई हिडडुँल गर्न सास्ती भएको हो । पेदल यात्री मात्र नभई गाडी चालक तथा मोटरसाइकल चालकहरुलाई सास्ती छाएको हो । व्यवस्थित ढल निकास गरि जसको विकास गर्न यसले गतिलो उदाहरण सिकाएको छ ।

यी र यस्तै कारणहरुले बुटवल सहर अव्यवस्थित बन्दै गएको छ । ‘हाम्रो बुटवल सुन्दर बुटवल’को नारा दिएर मात्र हुदैन त्यसलाई व्यवहारिकता दिनु आवश्यक छ । यी विभिन्न कुराहरुमा सम्बन्धित निकायहरुले ध्यान दिन जरुरी छ । बढ्दै गएको सडक दुर्घटना र पैदल यात्रीहरुलाई भईरहेको सास्ती नियन्त्रणका लागि सम्बन्धित निकायले ठोस पहल लिई कार्य गर्न आवश्यक देखिन्छ । सडक दिर्घकालिन मर्मतसम्भार तथा फराकिलो बनाउनुका साथै छाडा चौपाया नियन्त्रणका लागि ठोस निर्णय लिई अगाडी बढ्न सकियो भने सडक दुर्घटनाबाट भैरहेका अप्रिय घटनाहरु नियन्त्रण हुनेछन् । यस तर्फ पनि सम्बन्धित निकायको ध्यान पुगोस् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D