अनिश शर्मा गैरे
गुल्मी, पौष ०२ । नेकपा एमाले सचिब तथा गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित सांसद गोकर्ण बिष्टले नेपाललाइ एउटा धनी र सुखी देश तथा नेपालीहरुलाइ धनी देशका धनी जनता बनाउन आफुहरुले लाग्ने बताएका छन ।आफु सांसद बन्न मात्र निर्वाचित नभएको भन्दै उनले जनताको असल सेवक बनेर काम गर्ने बताए । मुसिकोट नगरपालिकाले गरेको नवनिर्वाचित प्रतिनिधिको स्वागत कार्यक्रममा बोल्दै उनले जनताको सुख दुखमा सदैब साथ दिने बताउँदै आफ्नो जिम्मेवारी नबिर्सने बताए ।
चुनाव जित्नु एक सामान्य प्रक्रिया भएको भन्दै उनले अब जनताका कामहरु गर्न सक्नु ठुलो कुरा भएको बताए ।
देशमा गरीबी, भोक, अशिक्षा तथा बेरोजगारी ब्याप्त रहेको भन्दै उनले यो २१ औ शताब्दिमा पनि जनताले ठुला ठुला समस्याहरु सामना गर्नपर्नु दुखद भएको बताए । उनले अहिले बाम गठबन्धनले पाएको अभिमतलाइ निराशामा परिणत हुन नदिने बताए ।बिशाल सम्भावनाहरुको बिचमा भएका बिभिन्न समस्याहरुलाइ समाधान गरी समृद्ध, सुखी र धनी जनता बनाउनु ज्यादै गम्भिर चुनौतीको रुपमा अहिले खडा भएको उनको भाए ।
हेरौँ पौडेल डिजिटल स्टुडियोका रबिलाल पौडेलले लिनुभएको उहाँसँगको भिडियो अन्तर्वाता: