अप्डेट: गुल्मीमा २ स्थानमा बम बिष्फोट, बन्दले गुल्मी ठप्प

अनिल खत्री
गुल्मी, २२ बैशाख । गुल्मीका २ स्थानमा बम बिष्फोट भएको छ । गएराती बजेको समयमा जिल्लाको रुरु गाउँपालिका बलेटक्सारमा र रेसुङ्गा नगरपाकिा सदरमुकाम तम्घास नजिकै २ वटा स्थानमा एकै समयमा बम बिष्फोट भएको थियो ।

रातिको समयमा जिल्लाको सदरमुकाम नजिकै र बलेटक्सार बजार स्थित साइन रेसुङ्गा बैक नजिकै बम बिष्फोट भएसँगै स्थानिय त्रसित भएका थिए । बम बिष्फोटबाट कुनैपनि क्षती नभएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले जानकारी दिए ।

नेकपा माओवादी (बिप्लप समुह)ले आव्हान गरेको आमहड्तालको पुर्वसन्ध्यामा शुक्रबार राती बम बिष्फोटका आवाजहरु सुनिएको थियो । बम बिष्फोटबाट सदरमुकाम तम्घासमा र बलेटक्सार आसपासमा ठुलो आवाजमा सुनिएको स्थानियले बताएका छन् ।

शनिवारको नेपाल बन्द सफल बनाउनको लागि उक्त समुहले बम बिष्फोट गराएको हुन सक्ने प्रजिअ शर्माले जानकारी दिए । बम बिष्फोटको भने कुनै समुहले जिम्मा ल्याएको छैन ।

बन्दले गुल्मी ठप्प

नेकपा माओवादी (बिप्लप समुह)ले आव्हान गरेको बन्दका कारण गुल्मीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन छुटेका छैनन् । सरकारले नेकपाका केन्द्रिय सदस्य किरण राई सहितका कार्यकर्ता पक्राउ गरेको भन्दै रिहाइको माग गर्दै एक दिने नेपाल बन्द आवाह्न गरेका हुन् ।

शनिवारको भएकाले शिक्षण संस्था बन्द भएपनि बजार, व्यवसाय लगायतका क्षेत्र ठप्प रहेका छन् । प्रशासनले स्कटिङ्ग गरेर सवारी साधन चलाउन तयार रहेपनि यात्रुहरुले टिकट नलिएको गुल्मी प्रजिअ शर्माले बताए । सवारी धनी पनि प्रशासनको सुरक्षामा गाडी चलाउन तयार भएपनि यात्रुहरु नभएकाले सवारी साधन चलाउने अबस्था नभएको शर्माले बताए । बिप्लप समुहले महङ्गी कालोबजारी भष्ट्रचारी मौलाएको र शान्तिपूण आन्दोलन सभा सम्बोधन गर्न पाउनको लागि बन्द आवाह्न गरेको जनाएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D