gulminews logo
शनिबार, २०८१ बैशाख १५

अन्तर्जातीय विवाह पछी दलित भनेर श्रीमानले छाडे, २ महिने शिशु सहित विचल्लीमा

सागर भण्डारी
गुल्मी, फागुन १२ । अझै पनि हाम्रो समाजमा जातिय भेदभाव हट्न सकेको छैन् । तल्लो जात र उपल्लो जात भनेर हुने विभेदले समाजमा विभिन्न घटनाहरु निम्ताउँदछ । सरकारले जातिय विभेद गर्नेलाई दण्डीत गर्ने कानुन बनाएपनि पूर्ण रुपमा कार्यान्वयनमा भने आउन सकेको छैन् ।

प्राय ग्रामीण ईलाकामा विभेदका घटनाहरु बढीनै हुने गर्दछन् । धेरै जसो समुदायमा दलित या तल्लो जात भनेर विभेद र अवहेलना गर्ने क्रम भने जारी नै छ । यस्तै घटना मुसिकोट नगरपालिका ५ अमलाबोटमा भएको छ । उक्त स्थानकी २२ वर्षीया विपना सावतलाई उनका श्रीमानले दलित भनेर अहिले छाडिदिएका छन् । सुरुमा अन्तरजातिय प्रेम विवाह गरेका उनीहरुलाई परिवार र समाजमा विभिन्न लान्छना आउन थालेपछि अहिले विपनाका श्रीमानले पनि विभिन्न लान्छना लगाउँदै छाडेका छन् ।

रुपन्देहीको भैरहवा स्थित अर्घाखाँची सिमेन्ट कारखानामा काम गर्ने क्रममा प्रेम सम्बन्धमा परेपछि विपनाले मालिका गाउँपालिका पुर्कोटका राजु कुँवरसँग २०७५ साल फाल्गुण १८ गते भागेर विवाह गरेकी थिईन् । प्रेम सम्बन्धमा रहँदा विभिन्न प्रलोभन देखाएर ललाईफकाई विवाह गरेर केही समय सगैं बसेका उनीहरु श्रीमती गर्भवती भएपछि विस्तारै विपनालाई कुटपिट गर्ने र दलित भनेर अवहेलना गर्न लागे ।
विहेपछि उनीहरु १ महिना सोही कम्पनीमा झण्डै १ महिना बसे र सगैं काम पनि गरे । त्यसपछि उनीहरु राजुको मावली गुल्मीको पुर्कोटमा फर्किए । तर मावलीमा पनि दलित जातकी केटी भन्ने थाहा पाएपछि अवहेलना गर्न थाले । जेनतन सहेर बसेकी उनलाई मावलीले विभिन्न लान्छना लगाए । १ महिना जति मावलीमा बसेपछि उनीहरु पुन ः भैरहवामा नै फर्किएर सोही कम्पनीमै काम गर्न लागे । भैरहवामा फर्किँदा विपना गर्भवती भईसकेकी थिईन् । त्यसपछि भने श्रीमान राजुले पनि उनलाई दिनरात कुटपिट गर्ने तँ तल्लो जातकी केटीलाई अब मैले राख्न सक्दिन भन्दै विभिन्न आरोप लगाउँदै शारिरीक र मानसिक यातना दिन थाले ।

उक्त यातना सहन नसकेपछि विपना गर्भमा ६ महिनाको बच्चा बोकेर माईती फर्किईन् । माईतीमा आएपछि पनि राजुले ३ महिनासम्म फोनमा विभिन्न गालीगलौज गर्ने र यातना दिन भने छाडेनन् । त्यसपछि भने उनी सम्पर्कवीहिन बने । न फोन नै लाग्यो न त उनले नै कतैबाट फोन गरे । अहिले पतिले छाडेर हिँडेपछि विपनाको बिचल्ली भएको छ । पति बेपत्ता छन् । उनले मसिंर २३ गते छोरी जन्माइन् ।
मुसिकोट नगरपालिकामा नगरप्रमुख सोमनाथ सापकोटाले उक्त घटना आफुले थाहा पाएको र विपनाले न्याय पाएरै छाड्ने बताउनुभएको छ । सुत्केरी हुँदा नगरपालिकाले दिने सेवा सुविधा दिएको भन्दै उहाँले उनको श्रीमानको खोजी कार्यभईरहेको जानकारी दिनुभयो । जुनसुकै हालतमा पनि विपनालाई न्याय दिलाएरै छाड्ने उहाँले प्रण गर्नुभयो ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D