अन्ततः मदानेमा गठबन्धन विवाद सल्टियो, प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादीको मनोनयन दर्ता

विवश विष्ट
गुल्मी, १२ बैशाख । मदाने गाउँपालिकाको सत्ता गठबन्धनको अध्यक्षका लागि माओवादी र उपाध्यक्षको नेपाली काङ्ग्रेसको भागमा परेपछि विवाद निस्किएको थियो । आज मनोनयन दर्ताको अन्तिम दिन विवाद मिलेको छ । मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेस र उपाध्यक्षको लागि माओवादी केन्द्रले मनोनयन दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालयमा गाउँपालिका प्रमुख तथा उपप्रमुखसहित ७ वटै वडाका वडाध्यक्ष र सदस्य पदमा मनोनयन दर्ता गरिएको हो ।

७ वटै वडाबाट कार्यकर्तासहित उपस्थित भएका उम्मेदवारले मनोनयन दर्ता गर्न मदाने गाउँपालिका पुर्कोटदह स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेसबाट महेन्द्र बहादुर कुँवर र पालिका उपाध्यक्षमा माओवादी केन्द्रका बेगम चन्दले उम्मेदवारी दिएका छन ।

त्यस्तै वडा नं १ अग्लुङ्गबाट वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शुशिल चन्द, वडा नं २ बाझकटेरीबाट एकीकृत समाजवादी बाट गोकर्ण सेन र वडा नं ३ सिर्सेनीबाट नेपाली काङ्ग्रेसबाट चेत बहादुर सेन , वडा नं ४ म्यालपोखरीबाट नेपाली काङ्ग्रेसका प्रेम बहादुर सेन, वडा नं ५ मलागिरीबाट नेपाली काङ्ग्रेसका हरि सेन, वडा नं ६ पुर्कोटदहबाट नेपाली काङ्ग्रेसका मनिराम थापा र वडा नम्बर ७ भनभनेबाट नेपाली काङ्ग्रेसका सन्तोष केसी वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएको नेपाली काङ्ग्रेस मदाने गाउँ कमिटीका सचिव राजेन्द्र विष्टले जानकारी दिए ।

जसमध्ये वडा न १,३,४,५,६ र ७ मा नेपाली काङ्ग्रेसले अध्यक्ष पाएको छ भने वडा २ एकीकृत समाजवादीले पाएको हो । सत्ता भागबण्डा अन्तर्गत यस गाउँपालिकाको प्रमुखमा लामो रस्साकसीबाट नेपाली काङ्ग्रेस र उपप्रमुखमा नेकपा माओवादीले पाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D