gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

अनलाईनमा प्रकाशित समाचारप्रती मालिका गाउँपालिकाको आपत्ती

हुमाकान्त पोखरेल
गुल्मी, २१ चैत । केहि दिन अघि निसानन्यूज डट कमले मालिका गाँउपालिकाको बिषयमा प्रकाशन गरेको समाचार प्रति गाउँपालिकाले आपत्ती जनाएको छ । अनलाइनले कार्यालय सन्चालनका सामाग्री खरिद कार्यमा कार्यालय प्रमुख र स्टोर शाखा प्रमुखको मिलोमतोमा वास्तविक सामानको मुल्य भन्दा बढी मुल्य राखि सामान खरिदमा अनियमितता गरेको भनेर समाचार प्रकाशन भएको थियो ।

त्यसलाई मालिका गाउँपालिकाले एक बिज्ञप्ती मार्फत खण्डन गर्दै अवास्तविक र गतल एवं भ्रामक समाचार भनेको छ । कुनै व्यक्तिको व्यक्तिगत स्वार्थ पुरा हुन नसकेपछि कार्यालय र व्यत्तीको नाम नै किटान गरेर समाचार लेखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाल सरकारको प्रचलित सार्वजनिक खरिद ऐन र नियम अनुसार नै काम गरिएकाले प्रमाणित भए कानुन अनुसार अगाडी बढ्न चुनौती दिइएको छ ।

साथै गाउँपालिकाले बिना आधार दैनिक कामकाजमा हतोत्साहित गराउने मनसायले अलनाईन मिडिया प्रयोग नगर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D