Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
९ लाख रुपैयाँ लूट प्रकरणमा नयाँ तथ्य: डलर छ भनेको झोलाभित्र कागजका बिटा मात्र - Gulminews

९ लाख रुपैयाँ लूट प्रकरणमा नयाँ तथ्य: डलर छ भनेको झोलाभित्र कागजका बिटा मात्र

चितवन, १ चैत । चितवनको खैरहनीमा दिनदहाडै ९ लाख रुपैयाँ लुटिएको भन्ने घटनामा नयाँ तथ्य फेला परेको छ । खैरहनी- ८ पर्सा बजार नजिक ९ लाख रुपैयाँ लुटिएको नभई ठगी भएको खुलासा भएको न्युज २४ डट कमले खबर छापेको छ ।

पीडित भनिएका गुल्मी जिल्ला सत्यवती गाउँपालिका ६ बस्ने वर्ष ३१ का नारायण घर्ती चितवनमा जग्गा खरिदका लागि नभई अमेरिकी डलर साट्न आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

घर्तीले ९ लाख नेपाली रुपैयासँग २७ हजार अमेरिकी डलर साट्ने योजनाअनुसार बैंकबाट रकम निकाली पर्साबजार पुगेका थिए । अनिल राई नाम गरेका व्यक्तिले घर्तीको साथबाट ९ लाख रुपैयाँ लिएर २७ हजार डलर रहेको भन्दै एउटा झोला उनलाई दिएका थिए । तर, उक्त झोलाभित्र अमेरिकी डलरको सट्टा कागजका बिटा मात्रै रहेको फेला परेकाे हाे ।

अनिल नाम गरेको व्यक्ति ९ लाख नगदको झोला लिएर डलर भएको झोला थमाउनासाथ त्यहाँबाट भागेको पीडित घर्तीलाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीले जानकारी दिए ।

डलर रहेको भनिएको झोलामा कागज मात्रै देखेपछि घर्तीले प्रहरीलाई खबर गरेका थिए । जग्गा खरिदको लागि ल्याएको रकम लुटिएको भन्दै उनले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनाको अनुसन्धान र लुटेराको खोजीमा जुटेको थियो ।

पीडित घर्तीको भनाइमा प्रहरी विश्वस्त नभएपछि प्रहरीले उनलाई र उनीसँगै आएका पदम घर्तीलाई केरकार सुरु गर्यो । अनुसन्धान गर्दै जादाँ उनीहरु दुवैजना नेपाली रकमसँग डलर साट्न खैरहनी आएको खुलेको प्रहरी निरीक्षक घर्तीले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र ठगी गर्नेहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ । केदार शर्मा/न्युज २४ डट कमबाट

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D