समाचार

२ हप्तामा गुल्मीका एउटै वडाका २ युवाको बिदेशमा निधन, उतै गरियो अन्त्यष्टी

अनिश शर्मा गैरे
गुल्मी, पौष ०७ । केही दिनको अन्तरमै वामीका दुइ युवाहरुको परदेशमा निधन भएको छ ।

केही दिन अघि भियतनाममा सडक दुर्घटनामा परी ज्यान गुमाएका वामीका एक युवाको भियतनाममै अन्त्येष्टि गरीएको छ ।रोजगारीको शिलशिलामा भियतनाममा पुगेका मुसिकोट ७ वामी काफ्लटोला निवासी भक्त बहादुर घर्ती र नन्दी घर्तीका छोरा जगत बहादुर घर्तीको सडक दुर्घटनामा परी ज्यान गएको थियो ।

gulmi youths death in abroad
बोहोरा (बाँया) घर्ती (दाँया)

१४ दिन अघि भएको घटना रातको १२ बजेको समयमा बाइक र स्कुटर ठोक्किदा भएको बताइएको छ । उनी एक बर्ष अघि रोजगारीको शिलशिलामा त्यस देशमा पुगेका थिए । २१ बर्षका उनको घरमा श्रीमती, छोरी सहितको संयुक्त परिवार छ । घर्तीको निधनले आर्थिक अवस्था दयनीय भएको सो परिवारमा अहिले आर्थिक श्रोत नै बन्द भएको छ । सो घट्नाले गाँउ नै शोकमा पुगेको छ ।

यसैबिच मुसिकोट नगरपालिका वडा नम्बर ७ निवासी लेम बहादुर बोहोराका कान्छा छोरा किस्मत बोहोराको पनि आज अन्त्येष्टि गरीएको छ । बैदेशिक रोजगारीको लागि भारतमा पुगेका उनको केही दिन अघि स्वास्थ्य सममस्याको कारण निधन भएको थियो । उनको शबलाइ आज बिहान दाहसंस्कार गरीएको हो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D