२ वटा मोटरसाइकल चोरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

पर्सा, २४ जेठ । वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१० का २६ बर्षीय अम्मेन्द्र कुमार पटेल र सोही महानगरपालिका-२० का २७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।

बिहीबार दिउँसो फरक फरक समयमा मोटरसाईकल चोरेका दुईजना पक्राउ परेका हुन् । बिरगंज महानगरपालिका १० र ११ मा पार्किङ गरी राखिएका ना.५५.प ७१७४ र ना.४.प ४०५७ नम्बरका मोटरसाइकल लक तोडी चोरी भएको प्रहरीले जनाएको छ । चोरीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पटेललाई आदर्शनगरबाट र महरतोलाई रानीघाटबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ