gulminews logo
बुधबार, २०७९ श्रावण २५

२१ हजार घुससहित वडाध्यक्ष पक्राउ

काठमाडौँ, ३ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै निजले रु २१ हजार घुस मागेको अभियोग छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई आज पक्राउ गरिएको हो ।

आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

यो पनि पढ्नुस्

गुल्मीका बिष्णु सहित तीन जना नक्सालको सन्तोषी माता मूर्तिमा जडित गरगहना चोरी गरेको आरोपमा पक्राउ

काठमाडौं, साउन ०२ । प्रहरीले काठमाडौंबाट मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D