gulminews logo
बुधबार, २०८१ बैशाख १२

१४ बर्षिय किशोरद्वारा ५ वर्षिया वालिका बलात्कृत

प्रेम सुनार
बैशाख १ । गुल्मीमा ६ वर्षिया वालिका वलात्कार घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला बाग्लुङ्गमा त्यो भन्दा पनि एक वर्ष कम उमेरकी वालिका वलात्कारको घटना सार्वजानिक भएको छ । विहिवार दिउँसो साढे दुई वजेको समयमा निसीखोला गाउँपालिका वडा नम्वर ७ राजकुत गाउँकी ५ वर्षिया वालिकालाई स्थानिय १४ वर्षिय किशोरले वलात्कार घरेको घटना वुर्तिबाङ्ग प्रहरीले आज सार्वजानिक गरेको हो । दुवै वालवालिका भएकोले नाम भने प्रहरीले गोप्य राखेको छ ।

घटनाको दोश्रो दिन शुक्रवार अनुसन्धान गरी कार्वाही प्रकृया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग पठाईएको वुर्तिबाङ्ग ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । खेल्न जाउँ भन्दै जंगलमा लगेर वलात्कार गरेको कुरा परिवारजनले ति वालिका रोई कराई गरेपछि मात्र थाह पाएको बताईएको छ । मेडिकल रिर्पोटले पनि वालिका बलात्कृत भएको परिवारजनले दावी गरेका छन् । प्रहरीले थप अनुसन्धान भई रहेको जनाएको छ । वालवालिका यौििनक कृयाक्लावमा लाग्नुको कारण पारिवारिक वातवरण पनि एक भएको विश्लेषण गर्न थालिएको छ । देशको विभिन्न स्थानबाट प्राप्त समाचार अनुसार पछिल्लो चरण बढि मात्रमा नावालिकाहरु वलात्कारको शिकार बनिरहेका छन् ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D