अपराध

१३ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ८३ बर्षिय बृद्द पक्राउ

कैलाली, २० वैशाख । १३ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ८३ बर्षिय बृद्द पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिका-१२ शिबपुर बस्ने १३ वर्षीया बालिकालाई गत आइतबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ८३ वर्षीय छोटेलाल डगौरालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले डगौरालाई पक्राउ गरेको नेपाल प्रहरीले आफ्नो आधीकारीक वेवसाईट मार्फत जानकारी गराएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D