बिचार

हेपाईमा मेरो पेशा, संकटमा मेरो रहर

नमराज मरासिनी
हो म एक स्वास्थ्यकर्मी । छोराछोरी स्वास्थ्यकर्मी भएर बिरामीको उपचारमा लाग्दा बुवा आमाको गाउँमा छुट्टै इज्जत । इष्टमित्र तथा आफन्तजनमा स्वास्थ्यकर्मी भनेर परिचय दिँदा गर्वले छाती चौडा बन्ने मेरो परिचय यतिबेला समय र परिस्थितिले फेरिदिएको छ ।

रोगी बनेर संसारै छाड्न लागेकाहरुलाई पुनर्जीवन दिने पेसा भनेर म जस्ता धेरैको रोजाई स्वास्थ्य क्षेत्र बन्यो । आफ्ना छोरा छोरीलाई स्वास्थ्य क्षेत्रमा लगाउँदा यही इज्जत देखेर होला बुुवा आमाको प्रेरणा अनि सानोमा विरामी पर्दा स्वास्थ्यकर्मीले लगाएको त्यो सेतो कोट र देखाएको सेवाभावबाट म स्वास्थ्यकर्मी बनें । तर, स्वास्थ्यक्षेत्रमा अहिले देखिएको अवस्थाले म अनि मेरो रहर संकटमा परेको छ ।

जसरी आम स्वास्थ्यकर्मीमा हेयको परिस्थिति बनिरहेको छ जुन मैले कल्पनासम्म गरेको थिइनँ । यतिबेला हाम्रो समाजमा स्वास्थयकर्मीलाई हेर्ने नजर र दृष्टिकोण बदलिएको छ । समाज मात्रै होइन धेरैको मानसिकता पनि उसैगरी । समाज किन सबैभन्दा पवित्र क्षेत्र मानिएको स्वास्थ्य अनि स्वास्थ्यकर्मीबाट टाढा बस्न चाहिरहेको छ ? साँच्चै सोचनीय बनेको छ ।
केहि महिना अघिसम्म तल्ला घरे ती वृद्ध ठूला बा, ती आमै गाउँमा पुग्न नभ्याउदै ब्लड प्रेसर हेरिदिउ छोरा, प्रेसरको औषधी हेरिदेउ त, सुगर लेभल कस्तो छ? घरमा एक्लै छु भन्दै आउने ति बा आमाहरु आज किन मबाट भाग्दै छन् ।

दिनभर अफिस, बिरामी सँगै बसेर उपचार अनि त्यो थकान म कोसंग साटौं ? पहिला घरमा रहेका ती छोराछोरी अफिस जाँदा र आउँदा घरको गेटसम्म पु¥याउने, अफिसबाट छिटै घर आउनु म खाजा बनाएर राख्छु भन्दै दैनिक तिन, चार पटकसम्म फोन गर्ने घरकी श्रीमती त्यसैगरी छरछिमेकी र आफन्तजन किन आज भोली हामीबाट डराइरहेका छन् ? अफिसबाट घर नआए पनि हुन्थो भन्ने भावका व्यवहार प्रकट भैरहेका छन् । सधै जसो घरमा आउने घरवेटी एवं आफन्तजन दैनिक कोठामा आउने, भलाकुसारी गर्ने गर्थे र पो दिन भरीको थकान मेटिएर कम हुन्थो । आज किन ती सब आफन्त, घरबेटी र समाज हामी स्वास्थ्यकर्मीबाट टाढा भाग्दैछन् र घरको ढोकानेर उभिएर भन्दैछन् कि बावु काम गर्ने अफिसतिरै बसे हुन्न र ? अब तपाई आफै भन्नुस् म मेरो समस्याको गुनासो कोसंग गरौं समाज, श्रीमती, साथीभाइ, आफन्तजन वा सरकारसँगरु म आफैलाई आफै प्रश्न सोधिरहेको छु ।

सरकार भन्दै छ, स्वास्थ्यकर्मीहरुको उचित मूल्याड्ढकन हुन्छ आखिर मूल्याड्ढकन यही घृणा र तिरस्कार हो ? घरमा दुधे बालक छोडेर दैनिक १८ घण्टासम्म उचित स्वास्थ्य सामाग्री बिना खटिने स्वास्थ्यकर्मीमाथी हाम्रो समाजले किन विभेदको आँखा फराकिलो बनाइरहेको छ ? के महामारीको समयमा स्वास्थ्यकर्मी बिना उपचार सम्भव छ ? सोच्ने बेला आएको छ । स्वास्थ्यकर्मीलाई हेरिने दृष्टीकोणमा समयमै परिर्वतन आएन र पहिल्यैदेखीको सम्मानित पेशामा हेयको दृष्टि राखियो भने यो विपत्तिमा बिरामीको उपचार पटक्कै सम्भव छैन । त्यसैले सबैले एकपटक अवश्य गम्भिर बनेर सोचौं ।

(मरासिनी गुल्मी अस्पतालका ल्याब टेक्निसियन हुन् ।)

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker