अपराध

हात्तीको दारा बेच्न हिँडेका गुल्मीका पौडेल सहित २ जना पक्राउ

भक्तपुर, बैशाख १९ । प्रहरीले हात्तीको दारासहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार मध्यपुर थिमि नगरपालिका-१ कौशलटार स्थित चेकजाँचको क्रममा हात्तीको दारासहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दोलखा वैतेश्वर गाउँपालिका-४ घरभई स्वयम्भू सानोभर्‍याङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका-५ का २३ वर्षीय भाष्कर पौडल छन् ।

उनीहरूको साथबाट बेचबिखनका लागि बोकी हिँडेको २ सय ५० ग्राम हात्तीको दारा १ थान बरामद गरेको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । -कान्तिपुर दैनिकबाट

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D