समाचार

सिद्धबाबामा ढुङ्गा खस्दा गुल्मीका महेन्द्र घाईते

पाल्पा, फागुन १५ । सिदार्थ राजमार्ग अन्तरगत पाल्पा बुटबल खण्डको सिद्धबाबा नजिकै ढुङ्गा खस्दा मोटरसाईकलमा सवार एक जना घाईते भएका छन् ।

निरन्तर वर्षाका कारण बुधवार तिनाउँ गाउँपालिका ३ सिद्धबाबामा ढुङ्गा खस्दा बुटवलदेखि पाल्पातर्फ आउदै गरेको लु १६ प ४६८६ नम्बरको मोटरसाईकलमा सवार गुल्मी रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षिय महेन्द्र प्रसाद श्रेष्ठ घाईते भएको प्रहरी चौकी दोभानका प्रहरी नायव निरीक्षक बाल बहादुर घर्तीले जानकारी दिए ।

घाईते श्रेष्ठको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D