gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

समाचार प्रभाव: चन्द्रकोटका जनप्रतिनिधिहरुले फिर्ता गरे दोहोरो सुबिधा बापतको रकम

तिलाचन पाण्डे
गुल्मी, चैत १ । गुल्मीका जनप्रतिनिधिहरुले राज्यकोषको दोहोरो सुबिधालिई दोहन गरेको खुल्न आएको समाचार गुल्मीन्युज डट कम लगायतका मिडियाहरुमा प्रकाशित भए पश्चात दोहोरो सुबिधाको रकम फिर्ता गरेका छन् ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भरतलाल थापा पुर्व निजामती कर्मचारी भएको र उनले नेपाल सरकारकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिदै आएका थिए । यस्तै सोही गाउँपालिकाका वडा नं ६ हरेवाका वडा अध्यक्ष गोकर्ण प्रसाद शर्माले पुर्व शिक्षक भएकाले नेपाल सरकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिर्दै आएको चन्द्रकोट गाउँपालिकाका सुचना अधिकारी बसन्त राबतले जानकारी दिएका थिए ।

अध्यक्षद्धयले शुक्रबार चन्द्रकोट गाउँपालिकाबाट लिर्दै आएको भरतलाल थापाले २ लाख ३७ हजार छपन्न रुपैयाँ र गोकर्ण प्रसाद शर्माले २ लाख चारहजार ४१६ रुपौयाँ गाउँपालिकाको संचित खातामा जम्मा गरिदिएको गाउँपालिकाका सुचना अधिकारी बसन्त रावतले जानकारी दिए ।

५ नं प्रदेशले बनाएको कानुनमा निबृत्तिभरण पाउनेको हकमा उपलब्ध हुने हकको सबिधामा: नेपाल सरकार , प्रदेश सरकार , स्थानीय सरकारको सेवाबाट अबकास लिई यस्तो सरकार वा तहबाट निबृत्तिभरण पाईरहेको कुनै ब्याक्त्ति वा पदाधिकारी , सदस्य वा सभा सदस्य निर्वाचित भएमा त्यस्तो ब्याक्त्तिले दफा ३ बमोजीम मासिक सुबिधा वा निबृत्तिभरण मध्ये कुनै एक मात्र सेवा लिन पाउने स्पस्ट उल्लेख गरेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D